काठमाडौं । दुर्गा प्रसाईंले काठमाडौं तीनकुनेबाट भाग्न प्रयोग गरेको गाडी प्रहरीले फेला पारेको छ । प्रसाईंले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी उपत्यका प्रहरी कार्यालयले फेला पारेको हो ।
उपत्यका प्रहरी कार्यालयका अनुसार उक्त गाडी इटहरीमा फेला परेको हो । इटहरीबाट उक्त गाडी काठमाडौं ल्याइएको छ । बा४२०८ नम्बरको स्कारपियो काठमाडौं ल्याइएको हो ।
चैत १५ मा राजावादीले गरेको प्रदर्शनका जनकमान्डर प्रसाईं थिए । उनकै कमान्डमा रहेको प्रदर्शन अराजक बन्दा २ जनाको ज्यान गएको थियो ।












