काठमाडौं । राजा फर्काउने आन्दोलनका कमान्डर बनाइएका फरार दुर्गा प्रसाईंको राहदानी कालोसूचीमा राख्ने तयारी सरकारले गरेको छ। गत शुक्रबार पूर्वराजा फर्काउने भन्दै आन्दोलनको नेतृत्व गरेर हिंसात्मक बनाउँदै फरार भएपछि प्रसाईं फरार छन्। लुक्दै छिप्दै विदेश जान सक्ने भन्दै गृह मन्त्रालयले राहदानीलाई कालोसूचीमा राख्न लागेको हो।
पूर्वराजा फर्काउने आन्दोलको कमान्डर बनेका प्रसाईंले शुक्रबार आन्दोलनको नामा व्यक्ति हत्या र लुटपाट गर्न लगाउने मुख्य मतियारको रुपमा सरकारले खोजिजारी राखेको छ।












