Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

५० वर्षपछि देखिनुपर्ने रोगहरू अहिले कम उमेरमै देखिन थालेका छन्ः डा. महासेठ

५० वर्षपछि देखिनुपर्ने रोगहरू अहिले कम उमेरमै देखिन थालेका छन्ः डा. महासेठ

जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ ।

त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकूल मानिँदैन । वाह्य चिसोको कारण नसाहरू खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ ।

Subisu

केएमसी हस्पिटलका मुटुरोग विशेषज्ञ डा.आदत्य महासेठले पनि संसारमा सबैभन्दा धेरैं हुने रोग भनेको हृदयघात भएकाले समयमै चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन् । खानपान र चिन्ताका कारण जुनकुनै समयमा पनि हृदयघातको समस्या बढेको उनले बताए ।

प्रश्तुत छ न्युज एजेन्सी नेपालले केएमसी अस्पतालका मुटुरोग विशेषज्ञ डा. आदित्य महासेठसँग गरेको कुराकानीनको सम्पादित अंश:

मुटुमा समस्या भएको कसरी थाहा पाउने, मुटु रोगलाई कसरी बुझ्ने ?

मुटु रोग भनेको मुटुमा समस्या आउनु हो । यसमा विभिन्न समस्याहरु पर्छन् । त्यसमा वंशाणुगतदेखि लिएर बुढो मान्छेमा लाग्ने रोगहरु हुन्छन् । वंशाणुगत भन्नाले मान्छे गर्भमा रहँदाखेरिको रोग हो । जस्तै मुटुमा प्वाल परेको, मुटुको बनावटमा गडबडी भएको मानिन्छ । मान्छे जन्मेपछि पनि मान्छेको मुटुमा विभिन्न रोगहरु लाग्छन् ।

हाम्रो देशहरुमा चाहीँ कमन हार्ट डिजिजहरु भन्छन् । त्यो अन्य देशमा पाइँदैन हाम्रो देशमै बढी पाइन्छ । यसलाई मुटुको बाथरोग भन्छ । तर संसारमा कमनल्ली बुझ्ने भनेको मुटु रोग भनेको हृदयघात नै हो । ब्लड प्रेसर पनि मुटु रोगको प्रमुख कारण हो । त्यस्तै सुगर भएको मान्छेमा हुने हार्ट अट्याक, हार्ट फेलियर, मुटुको चालमा गडबड हुने रोगहरु मादक पदार्थ सेवन गर्दा हुने रोगहरु यस अन्तर्गत पर्दछन् । फोक्सो जस्तै मुटुको पनि खोलभित्र पानी जम्ने पेडियोकाली रिफ्युजनहरु, किड्नि प्यासेन्टलाई हुने रोगहरु हो । यस्ता रोगहरु धेरै भएपनि संसारमा सबैभन्दा धेरै हुने रोग भनेको हृदयघात नै हो ।

मुटु र हृदयघातको सम्बन्ध कस्तो हुन्छ, अनि के कारणले हृदयघात बढी हुने गर्दछ ?

हृदयघात भनेको नै मुटु अट्याक हो । यसलाई छुट्याएर हेर्न मिल्दैन । मुटु भनेको मासु हो । मुटु रगतको पम्प हो । जसले शरीरका प्रत्येक अंगहरुमा रगत पु¥याउने काम गर्छ । मुटु आफैँलाई पनि चाहिन्छ । मुटुले आफूले रगत पाउने तीन वटा नसाहरुमा समस्या आएर मुटुले रगत नपाउने अवस्थालाई हृदयघात भनिन्छ । यो जुनसुकै नसामा पनि हुनसक्छ । यो अचानक पनि हुनसक्छ र बिस्तारै पनि हुनसक्छ । एक्कासी भएको अवस्थामा हामी हृदयघात भन्छौं । बिस्तारै भएकोलाई चाहीँ एनजाइना भन्छौं । यो बढ्दै भएपछि हृदयघात हुनसक्छ ।

पछिल्लो समय हृदयघात वृद्धवद्धामा भन्दापनि युवा अवस्थाका मान्छेहरुमा पनि बढ्दै गएको हो, कस्तो उमेरका बिरामीहरु आउने गर्दछन् ?

पछिल्लो समय तपाईंले भनेजस्तै २० देखि ३५ वर्ष सम्मका बिरामी पनि उपचारका लागि आउने गर्नुहुन्छ । हृदयघात भनेको जीवनस्तर अनुसारको रोग हो । पहिलेका मान्छेहरुसँग पैसा थोरै थियो, बढी काम हुन्थ्यो । दिनभर स्वस्थ काम गथ्र्यो । अहिले दिनभर अफिसमा कम्युटरमा बस्छन् । खानपनि जंकफुड खाने गरिन्छ । कसैलाई पनि खाना पकाउने फुर्सद छैन । यसमा धुम्रपान सेवन पनि गर्ने कारणले यस्तो समस्याहरु बढदै गएको हो ।

यिनै समस्याका कारण ५० वर्षपछि देखिनुपर्ने रोगहरु आजभोलि कम उमेरमा देखिरहेका छौं । युवा अवस्थामा हृदयघात हुनुको प्रमुख कारणले चुरोट सेवन हुनु अध्ययनले देखाएको छ । अर्को कुरा पछिल्लो समय मान्छेरुको शरीरमा कोलेस्ट्रोल बढी बन्ने र शरीरमा भएको कोषहरुले त्यो कोलेस्ट्रोल लिन नसक्ने भएको छ ।

यसले मुटुको नसाहरुमा ब्लक गरिदिने गर्छ । यसले गर्दापनि हृदयघात बढिरहेको छ । अनि हामीले मुख्य कुरा त घरको खाना नखाएर बजारको खानेकुराहरु बढी खाइरहेका हुन्छौं । यसले गर्दा खानपिनमा आएको परिवर्तन, हाम्रो जीवनमा भएको परिवर्तन र सुगर हामी बढी खाने गर्दछौं । सुगरले पनि शरीरमा कोलेस्ट्रोल नै बढाउने हो । बच्चाबेलादेखि नै हाम्रो बानी पहिलेको जस्तो छैन बिग्रिएको छ । त्यसले गर्दा एकदमै युवा अवस्थामा नै हृदयघात देखिरहेको छ ।

मुटु रोगबाट बच्नको लागि खानाको सन्तुलन कसरी मिलाउने ?

खानाको सन्तुलनको कुरा गर्दा हाम्रो शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पाइने गरी खाइरहेका छौं । मैले दिनभरमा कार्यालयमा बस्छु, काम गर्छु भने मलाई धेरै क्यालोरी चाहिँदैन । बिहानदेखि साँझसम्म खेतमा काम गर्ने मान्छे छ भने उसलाई क्यालोरी बढी चाहिन्छ ।

हाम्रो शरीरलाई अरु सुगरको जरुरत छैन । बरु मान्छेलाई बोसोको जरुरत हुन्छ तर सुगरको जरुरत हुँदैन । प्रोटिनको जरुरत हुँदैन । हामीले चिनी खानु हुँदैन । त्यसलाई खानु हुँदैन । यसमा सिम्पल कुरा राख्ने हो भने प्राकृतिक कुराहरु खाने हो । जुट र कम्पनीमा पनि बनेका खानेकुराहरु खाने होइन । हामीले आफ्नो शरीरको मागअनुसारको खाना खाने हो । हामीले बढी खाना खायो भने पनि शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने हो ।

मुटु रोग र उमेर समूहको अन्तरसम्बन्ध के हुन्छ, तपाईको अनुभवले कस्तो पाउनुभएको छ, कुन उमेर समूहको मान्छेलाई मुटु रोगको जोखिम हुन्छ ?

अहिले पनि सामान्यतः मुटुसम्बन्धी रोग बढी लाग्ने भनेको ४५ वर्ष केटेको मान्छेमा नै हो । तर पछिल्लो समय युवा अवस्थाको मान्छेमा पनि भेटिन थालेको छ । विषेश गरी चुरोट खाने मान्छेमा । नेपाल र नेपालबाहिरको अध्ययनले खासगरी चुरोट खाने मान्छेमा हृदयघात हुने देखाएको छ । त्यसबाहेक कसैलाई पारिवारिक पृष्ठभूमिको आधारमा पनि हुने गर्दछ । तर अहिले पनि कमनल्ली भन्ने हो भने हृदयघात ४५ वर्ष कटेपछि मात्रै हो । शरीर जति बुढो हुँदै गयो त्यति नै सन्तुलित खानपान खाँदै गयौं । र जंकफुडहरु, चुरोट, मादक पदार्थ पिउने, शारीरिक अभ्यास नगर्ने र खाएको पनि नपचाउने बानीले हामीमा मुटु रोगको जोखिम बढाउँदै जान्छ । त्यसकारणले शरीरमा बनेको क्यालेस्ट्रोलले कहीँकहीँ त अटाउनु पर्यो नि । कि त नसामा कि त मुटुमा, कि त शरीरमा त्यहाँ नअटाएको खण्डमा उमेर बढ्दै गएपछि हृदयघात हुने हो ।

तपाईँले दैनिक कम्प्युटरमा लामो समय बस्ने मान्छे र शारीरिक अभ्यास कम गर्ने मान्छेमा हृदयघातको जोखिम बढी हुन्छ भन्नुभयो, यसलाई थप स्पष्ट पारिदिनुस् न ?

मुटु रोगको रिस्क फ्याक्टरमध्ये शारीरिक अभ्यास नगर्नु पनि एक हो । शारीरिक अभ्यासले एक त मुटुको कन्डिसनलाई ठिक राख्छ । अभ्यास गर्ने क्षमता पनि बढाउँछ । यसले सुगर र प्रेसर नियन्त्रण गर्नको लागि पनि काम लाग्छ । हामीले एक्स्ट्रा खाइरहेको क्यालोरीलाई पचाउन पनि मद्दत गर्छ । त्यसले गर्दा मुटु रोग पनि कम देखिन्छ ।

खानपानसँगै मुटुको स्याहार कसरि गर्नुपर्छ, अनि चुरोट र मादकपदार्थ गर्ने मान्छेलाई हृदयघात नहुने र नखाने मान्छेलाई हुने भन्ने भाष्य छ नि ?

चुरोट सेवन गरेर मात्र हृदयघात हुन्छ भन्ने त कुनैपनि अध्ययनमा छैन । तर चुरोट खाने मान्छेमा चुरोट नखाने मान्छेभन्दा तीन गुणा बढी नै हृदयघात भएको देखिएको छ । यो चाहीँ अध्ययनले देखाएको छ । हृदयघात भनेको हाम्रो जीवनशैलीको आउटकमको रुप हो । कसैलाई हुनसक्छ । तर कसैलाई हृदयघात नभईकन चुरोट सेवनका कारण क्यान्सरले पहिले नै मृत्यु पनि हुनसक्छ । हामीले मेडिकल साइन्समा सम्भावनाको कुरा गर्ने हो ।

कसैलाई डायबिटिज पनि छ, प्रेसर पनि छ । परिवारमा मुटु रोग पनि भएको छ र उसले चुरोट पनि सेवन गर्छ भने उसको हृदयघात हुने सम्भावना अझै बढी भयो । कसैको परिवारमा सुगर र प्रेसर पनि छैन, डायबिटिज पनि छैन र कोलेस्ट्रोल पनि छैन भने हृदयघात हुने सम्भवना न्युन हुन्छ । त्यस्तो मान्छेले चुरोट खायो भने पनि हार्ट अट्याक हुने रिस्क एकदम कम होला । तर हुँदै नहुने भन्ने हुँदैन ।

यो विज्ञान हो हुन्छ नै र हुँदैन भनेर भन्न चाहीँ अलि गाह्रो नै हुन्छ । अर्को कुरा खानपानको कुरा गर्ने हो भने इटालीतिरका मान्छेमा हृदयघात कम भएको देखिएको छ । किनभने उनीहरुले खाने खानामा जुन तेल हुन्छ नि त्यसमा प्राकृतिक तेलहरु हुन्छ नि बीउबाट बनेको त्यसको मात्रा बढी हुने र माछामासुमा पनि लिन फ्याडहरु खाने गरेको पाइन्छ । चारखुट्टे जनावर होइन कि अरु नै खानाका जनावरहरुको मासु खाने देखिएको छ । खानपिनमा तपाईले फ्याक्ट्रीहरु बनेको प्रशोधित खानेकुरा कम खानुपर्यो । र पशुजन्य मासु कम खानुपर्यो । यसमा चारखुट्टे जनावरको मासु भयो र दुधबाट बनेको परिकारहरु घ्यु, बटर, चिजको मात्रा कम गर्ने र खानामा सलाद र अन्य अन्नहरुको मात्रा राखेर गर्नुभयो भने त्यो सबैभन्दा बेस्ट हुन्छ ।

मौसम र मुटुको सम्बन्ध कस्तो हुन्छ, जाडो समयमा मुटुसम्बन्धी समस्याहरु बढ्दै जाने हुन् ?

यसमा दुईवटा कुरा छन् । मौसम परिवर्तन र वातावरणमा आएको परिवर्तनले निकै फरक पार्दछ । जाडो र गर्मी त भइरहन्छ नै । तर पछिल्लो वर्षहरुमा जलवायु परिवर्तनको कारण वातावरणमा परिवर्तन पनि आइरहेको छ । आजभोलि गरिएको एक अध्ययनले मुटुसम्बन्धी रोगहरुको मेजर इफेक्टरमा चाहीँ स्ट्रेस अथवा एन्जाइटी र दुषित वातावरण पनि छ । अहिले काठमाडौंको वातावरण पनि सामान्य छैन ।

प्रदुषणले हाम्रो शरीरमा भएको सामान्य क्यालेस्ट्रोललाई अक्सिजन रेडिकलहरु बनाउँदो रहेछ । र त्यही रेडिकलहरु शरीरको रगतमा गएर जम्मा भइदिने हुन्छ । त्यो पनि हृदयघातको एउटा प्रमुख कारण हो । अर्को कुरा चिसो समयमा चिसोले गर्दा मुटुको चल बढ्ने र प्रेसर बढ्ने हुन्छ । मुटुसम्बन्धी समस्या भएका मान्छेलाई प्रेसर बढ्ने र मुुटुको चाल बढ्ने कुरा त्यति राम्रो हुँदैन । त्यसकारण पहिलेदेखि समस्या भएका मान्छेहरुमा हृदयघात हुने सम्भावना चिसो महिनामा धेरै हुन्छ । निमोनिया हुने सिजन पनि भएको हुनाले इन्फेक्सन भएको सात दिन भित्र हार्ट अट्याक भएको अध्ययनले पनि देखाएको छ ।

मुटु रोगको घरेलु उपचार हुन्छ कि हँुदैन, मुटुमा कस्तो समस्या आएपछि चिकित्सकको मा जाने ?

मुटु रोग भनेको एक दिनको रोग होइन । यो भनेको ३० देखि ४० वर्षको रोग हो । हामीले बच्चा बेलादेखि नै हाम्रो जीवनशैली सही राख्नसक्यौं भने चाहीँ यस्ता चान्सहरु कम गर्नसक्छौँ । घरेलु उपचार भन्नुहुन्छ भने हामीले गर्नसक्ने भनेको दुई वटा कुरा मात्रै हो । खानपिन राम्रो गर्नसक्छौं र शारीरिक अभ्यास गर्नसक्छौं ।

हामीले विषेशगरी चिल्लो खानेकुराहरु खानु भएन । प्राकृतिक कुराहरु फलफूल र सलाद लगायतका खानेकुराहरु खानुपर्दछ । अनि उमेर २० वर्ष पुगेपछि एकपल्ट कोलेस्ट्रोलको जाँच गर्ने । परिवारमा प्रेसर मुटुको समस्या भएको छ भने त्यो मान्छेले २० वर्ष पुगेपछि एकपटक जाँच गर्नैपर्छ । होइन भने ४० वर्ष कटेपछि एकपल्ट पे्रसर र सुगरको जाँच गर्नुपर्यो । चुरोट खानु भएन । मादक पदार्थ पनि खानु भएन ।

हामीले मुटुको सुरक्षा कसरी गर्ने ?

मुटुलाई माया गर्नको लागि शुरुमा त हामीले मुटु रोग हुनबाट बच्नुप¥यो । त्यसको लागि मुटु सम्बन्धी रोगको उपचार खानपिन र शारीरिक अभ्यासबाट नै शुरु हुन्छ । त्यसपछि तपाईले मुटुसम्बन्धी कुनैपनि लक्षण देख्नुभएको छ भने तुरुन्त जाँच गर्नुप¥यो । मुटु बिग्रिनुभन्दा पहिले नै मुटुको उपचार गर्न सकियो भने त्यसको परिणामा राम्रो हुन्छ । तपाईले तीन पटकभन्दा बढी जाँच गर्दा प्रेसर उच्च छ भने तपाईंले त्यसको उपचार गर्नुपर्दछ ।

त्यसलाई म खानपिनले नै नियन्त्रण गर्छु भनेर बसिराख्नु भएन । प्रेसरको लक्षणहरु देखिएको छ भने तपाईंले औषधि शुरु गर्नैपर्यो । मुटु रोगको लक्षण भनेको छातिमा दुख्ने, स्याँस्याँ हुने ढुकढुक हुने, आवश्यकताभन्दा बढी थकान लाग्ने र मान्छे बेहोस् हुने र रिंगटा लाग्ने प्रमुख कारणहरु हो । हाम्रोमा औषधि नखाने भन्ने छ । तर समस्या भइसकेपछि औषधि खाएर त्यति फाइदा चाहीँ हुँदैन । रोग छ कि छैन भनेर चिकित्सकको सहायतामा कन्फर्म गर्नुपर्यो । त्यसपछि रहेछ भने औषधि शुरु गर्नुपर्यो ।

अहिले केएमसीमा मुुटुसम्बन्धी रोगको निदानात्मक व्यवस्था र जनशक्तिको अवस्था कस्तो छ ?

म विगत दुई वर्षदेखि यहाँ कार्यरत छु । हामीले अहिले क्याथेल्याब सेवा शुरु गरेका छौं । अनि मुटुको ओपिडि दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलि नै रहेको छ । त्यसैगरि हाम्रो आपतकालीन सेवा २४ सै घण्टा शुरु नै हुन्छ । दिनको एक जना मान्छे ड्युटिमा जहिले पनि हुन्छ ।

हामीले मुटुको जाँचमा पे्रसर, सुगर, कोलेस्ट्रोल बाहेक रगतको सबै जाँचहरु भइ नै हाल्छ । त्यसबाहेक मुटुको इसिजि, इको, टिएमटी र सिटिस्क्यान गर्दछौं । यहाँ मुटुको एमआरआई पनि हुन्छ । मुटुसम्बन्धी अपरेसनहरु नगरिकन गर्ने सम्पूर्ण उपचारहरु म आफैँ गर्छु । अब छिट्टै छाती चिरेर गर्नुपर्ने अपरेसनहरु पनि शुरु हुने तयारीमा छ । सरकारबाट पाउने एक लाखको विपन्न नागरिक स्किम छ त्यो चाहीँ सबै प्यासेन्टलाई उपलब्ध छ । जे होस् मुटु रोगको लागि नेपालमा हुने जतिपनि जाँचहरु र अपरेसनहरु सबै नै यहाँ भइरहेको छ ।

सरकारले मुटुसम्बन्धी रोगका लागि गरेको लगानी पर्याप्त छ कि छैन ?

वास्तवमा भन्ने हो भने मुटुरोगलाई सरकारले एकदमै ध्यान दिएर हेरेको छ । संसारमा नेपालभन्दा सस्तो मूल्यमा मुटु रोगको उपचार कहीँ पनि छैन । अर्को कुरा जनशक्तिको कुरा गर्नुहुन्छ भने काठमाडौंमा केन्द्रित चाहीँ छ । काठमाडौं बाहिर भने अहिले पनि जनशक्ति पुगेको छैन ।

पूर्व र पश्चिममा पनि बिस्तारै स्वास्थ्य क्षेत्रको विकास त हुँदैछ । तर मान्छेमा जनचेतनाको अभाव छ । मान्छेमा हृदयघात भयो भनेपनि ग्यास्ट्रिक भन्ने गरेको पाइन्छ । त्यसकारण जनशक्ति बिस्तार त गर्नुपर्यो । काठमाडौंमा भने बिस्तारै सबै हस्पिटलहरुमा क्याथल्याबको सेवाहरु बढ्दैछ । मुटुको रोग आजभन्दा तीन वर्षपछि अगाडि बढ्नेवाला छ त्यहीअुसार हामीले तयारी गरेर हामीले अगाडि बढ्नुपर्नेछ । तर गाम्रिण भेगमा जनशक्ति बिस्तार गर्नुपर्ने आवश्यकता छ ।

आम नागरिकलाई तपाईंको सन्देश के छ ?

संसरमा सबैभन्दा बढी मृत्यु हुने रोग मुटुसम्बन्धी नै हो । जसलाई डाइग्नोस गर्नको लागि केही पनि पैसा चाहिँदैन । खालि एउटा चिकित्सकले एउटा ब्लड प्रेसर नापेर पुग्छ । त्यसको सबैभन्दा सजिलो उपचार भनेको एउटा दुई रुपैयाँको औषधि हुन्छ । त्यसलाई दिनको एकपल्ट खाने हो । त्यही भएर मुटुसम्बन्धी मुख्य रोगरुलाई बेवास्ता गर्नुभएन ।

मुुटु रोगसम्बन्धी लक्षण आइसकेपछि त्यसको जाँच गरेर त्यसको उपचार समयमै गर्नुपर्यो । नेपाल एउटा गरिब देश हो । सरकारले पनि धेरे नै सहजता प्रदान गरेको छ । स्वास्थ्य बीमा गर्न सकिन्छ । सामाजिक सुरक्षा कोष छ त्यसबाट पनि उपचार गर्न सकिन्छ । त्यसकारण सबैले मुटुलाई माया गर्न सुझाव दिन्छु ।

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host