काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर बन्ने पक्का भएसँगै कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले राजीनामा दिएका छन्। उनले आज राजीनामा गरेका हुन्। गठबन्धनमै संकट पर्ने भएसँगै यस बिषयमा सत्ता पक्षबीच सहमती भइसकेको सो कारण उनले राजीनामा दिएको बुझिएको छ ।
सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो । सत्तारुढ दुई दलबीच गभर्नर कसलाई बनाउने भनेर निर्णय नहुँदा समितिको बैठक बस्न सकेको थिएन ।
बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टका नाममा सहमति भएको थियो ।
आजै अर्थमन्त्री बिष्णु पौडेल संयोजक रहेको समितिले भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने छ। त्यसपछि मन्त्रीपरिषद्को बैठक डाकेर भट्टलाई गभर्नर नियुक्त गर्ने योजना छ।