काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।
अमेरिकी डलरको खरिददर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ। यसअघि तीन दिनसम्म स्थिर रहेको डलरको मूल्य आज घटेको हो। हिजो डलरको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा थियो। यही साउन २१ गते डलरको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्च हो।
युरो एकको खरिददर आज १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा तोकिएको छ। हिजो भने युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा थियो।
पाउन्ड एकको खरिददर आज १८९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९० रुपैयाँ ७१ पैसा रहेको छ। हिजो यो दर क्रमशः १८९ रुपैयाँ ४५ पैसा र १९० रुपैयाँ २६ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। हिजो यसै डलरको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा थियो। अस्ट्रेलियन डलरको मूल्य लगातार पाँच दिनदेखि घट्दै गएको छ।
कुबेती दिनार एकको खरिददर आज ४५६ रुपैयाँ ५० पैसा र बिक्रीदर ४५८ रुपैयाँ ४६ पैसा रहेको छ। हिजो यो दर ४५७ रुपैयाँ ६७ पैसा र ४५९ रुपैयाँ ६३ पैसा थियो।
त्यसैगरी, बहराइन दिनार एकको खरिददर आज ३६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ। हिजो यसै मुद्रा ३७० रुपैयाँ ७८ पैसा खरिददर र ३७२ रुपैयाँ ३७ पैसा बिक्रीदरमा कारोबार भएको थियो।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर भने केही फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।












