काठमाडौं । डिशहोमको अध्यक्षमा हेमराज ढकाल मिडिया नेटवर्क (डिशहोम) को अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । कम्पनीको आइतबार सम्पन्न साधारण सभाबाट ढकाल सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन ।
दुई कार्यकाल यसअघि नै अध्यक्ष भइसकेका ढकालले यसपटक केही नयाँ योजनासहित डिस मिडिया नेटवर्कको अध्यक्ष भएको बुझिएको छ ।
पछिल्लो समय डिशहोमका टिभी प्रयोगकर्ता घटेकोले व्यापारमा चरम गिरावट आएकाले ढकालले इन्टरनेटमार्फत कम्पनीलाई माथि उठाउने योजना बनाएका छन् ।
आईएमई समूहको प्रबन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसँग आबद्ध ढकालले हार्वर्ड बिजनेस स्कुलबाट ओनर–प्रेसिडेन्ट म्यानेजमेन्ट प्रोग्राम पूरा गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरेका छन्।
उनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्टरप्रेन्योरियल मास्टर्स प्रोग्राम र बेलायतबाट एक वर्षे लन्डन बिजनेस स्कुल ग्रोथ फोरम प्रोग्राम पनि पूरा गरेका छन्।
नेपालमा पे टिभी ईन्ड्स्ट्रिको लिडिंग कम्पनीको रूपमा स्थापित डिसहोम सर्वसाधारणका लागि शेयर जारी गर्न आइपिओको पाइलाईनमा छ । सन २००९ देखि नेपालमा गुणस्तरीय टेलिभिजन माध्यमको रूपमा काम गरिरहेको र हाल फाइबर इन्टरनेट सेवामा समेत राम्रो व्यापार गरिरहेको डिसहोम सम्भवतः सर्वसाधारणका लागि सेयर जारी गर्ने पहिलो पे टिभी कम्पनी हुनेछ ।