काठमाडौं। कांग्रेस नेतासमेत रहेका पूर्वऊर्जामन्त्री दीपक खड्का आइतबार पक्राउ परेका छन्।
लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका खडका सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका हुन्।
गृहमन्त्री सुधन गुरुङले पक्राउ पुर्जी सार्वजनिक गर्दै पूर्वऊर्जामन्त्री खड्कालाई पक्राउ गर्नुको कारण जानकारी दिएका छन्।
गृहमन्त्री गुरुङका अनुसार ‘गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा नियन्त्रणमा लिइएको हो।’
जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ।












