काठमाडौं । दीपा श्री निरौलाले इन्स्टाग्राममा दीपक र आफ्नो फोटो सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामना दिएकी छन् । दीपाको यो पोस्टमा अन्य कलाकारले समेत ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै उइस गरिरहेका छन् ।
यी दुईले एकअर्कालाई ‘असल साथी’ बताउने गरेका छन् । दीपकको परिवार छ भने दीपा अहिलेसम्म अविवाहित छिन् । दीपक र दीपाको केमेस्ट्रीको चर्चा सँधै हुनेगर्छ । दीपक अहिले परिवारिक घुमघामका लागि अस्ट्रेलियामा छन् । दीपाले भने काठमाडौंमा रहेर आगामी प्रोजेक्टहरूलाई अघि बढाएकी छिन् ।












