काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार निधन भएको हो ।
लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरेका छन् । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएका उनी स्पीच थेरापी गर्दै आएका थिए ।












