काठमाडौं । डिल्ली बजार कारागारमा रहेका अन्य कैदी हुलदंगा गर्दै बाहिर निस्के पनि दीपक मनाङे भित्रै बसिरहे। उनले अन्य कैदीलाई ‘बाहिर जान्नँ’ भन्दै भित्रै बसेका हुन्। उनले प्रशासनले चाहेमा मात्र स्थानान्तरणमा सहयोग गर्ने तर स्वेच्छाले बाहिर नजाने बताएका छन्।
अन्य कैदीबन्दीले भने कारागारमा आगलागी भएपछि सुरक्षित ठाउँतर्फ जान खोजेको बताएका थिए । मनाङे गत असार ४ गतेदेखि प्रदेशसभा सदस्य पदबाट पदमुक्त भएका हुन्। २०७९ को प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित भएका उनी ज्यान मार्ने उद्योगसम्बन्धी फौजदारी कसुरमा दोषी ठहर भएपछि सांसद पद गुमाएका हुन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङेको पद असार ४ गतेदेखि बदर हुने निर्णय गरेको थियो।












