काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नयाँ सरकारको समिकरणले २०४७ सालको संविधान ब्युँतिने खतरा बढेको बताएका छन् । कांग्रेस एमालेले संविधान संशोधनका लागि नयाँ समिकरण बनेको भनेसँगै पौडेलले देशमा के त्यस्तो संकट आइपर्यो र संविधान संशोधन गर्नुप¥यो भनेर प्रश्न गरे ।
‘सरकार छोड्नुप¥यो भनेर माओवादीलाई कुनै चिन्ता छैन । ६ महिनापछि सहमति अनुसार छोड्नैपर्ने थियो अहिले छोड्दा केहि फरक पर्दैन तर संविधान संशोधनको कुराले गम्भीर बन्न बाध्य गराएको छ’, उनले भने ।