काठमाडौं । काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान करिब ६:५० बजे काठमाडौं महानगरपालिका–२९ क्षेत्रमा शव देखिएपछि प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीका अनुसार मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल शंखमुल बस्दै आएका करिब ५० वर्षीय ललित गिरी रहेका छन्। गिरीको पहिचान उनकी श्रीमतीले पुष्टि गरेकी हुन्।
घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक कारबाही अघि बढाएको छ। शवको प्रारम्भिक परीक्षण तथा आवश्यक प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।












