काठमाडौं । गएराति हङकङबाट काठमाडौँका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका यात्रुको मृत्यु भएको छ । यात्रु देउमान लिम्बू अचेत अवस्थामा भेटिएका थिए ।
उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो । तर, चिकित्सकहरूले उनलाई मृत घोषित गरेका हुन् ।












