Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

फेरियो बाजुराबासीको जीवनशैली

डिबी बुढा

फेरियो बाजुराबासीको जीवनशैली

विश्वमा भएको तीव्र परिवर्तनसँगै नेपालमा पनि ६०–७० वर्षयता सामाजिक जिविकोपार्जनमा ठूलो परिवर्तन आएको छ । खासगरी नेपालमा ४० वर्षयता सामाजिक जीविकोपार्जनमा निकै फेरबदल आएको पाइन्छ ।

मानिसमा के काम गर्ने ?, के काम गरेर परिवार पाल्ने, विदेश जाने कि नजाने, कुन देश जाने ? वा कसरी आफ्नो भविष्य सुरक्षित राख्न सकिन्छ ?, समाजमा आइपर्ने साना ठूला काम कसले गर्ने भन्ने सोचमा ठूलो परिवर्तन आएको छ ।

Subisu

साथै सामाजिक रुपमा आएका अवसर सम्भावना र चूनौति पनि थपिँदै गएको छ । यो परिवर्तन नेपालमा मात्रै होइन् संसारका सबै ठाउँमा आएको छ, कुनै ठाउँमा अलि दु्रत गतिमा र कुनै ठाउँमा अलि ढिलो आएको देखिन्छ ।

१५–१६ वर्ष पहिले बाजुरा जिल्लामा शहरको रुपमा मार्तडी, बाम्का,केतालमान्डु र रिठे बजार जस्ता साना शहरहरु मात्र थिए ।
त्यतिखेर त्यहाँका मानिसहरुको जीविकोपार्जनको माध्यम कृषि पशुपालन नै थियो ।

परिवारका सबैजनाले सँगै काम गर्ने उत्पादन गर्ने लेक(माथिल्लो भाग), औल(बेसी) गर्ने, उत्पादित अन्न परिवारकै मान्छेले खाने, कम भएमा गाउँबाट किनेर ल्याउने साना–साना दोकान (किराना पसल) बाट किन्ने बढी भएमा गाउँमै बेच्ने सट्टबट्ट गर्ने चलन थियो ।

त्यतिबेला आजको जस्तो सञ्चार यातायातको सुविधा थिएन । मैले यो गर्ने त्यो गर्ने सकिन्न भनेर चिन्तित पनि थिएनन् । किनभने त्यसबेलाका मानिसहरुले देखेको प्रगति आफु वरपरको प्रगति मात्रै थियो । मानिसहरुले आफ्नो गाउँ र मजदुरी गर्न जाँदा भारतका केही ठाउँ भन्दा बाहिरको संसार खासै देखेका थिएनन् ।

गाउँमै श्रम लिने र दिने अ‍ैचोपैचो गर्ने चलन थियो । साहु मुखीया केही स–साना व्यापारीसँग चर्को व्याज लिने गथ्ये । त्यहि व्याजबाट मुखिया व्यापारीहरु क्रमशः धनी हुन्थे । गरिब झनै गरिब हुन्थे । उत्पादन भएको अन्न खानलाई पुग्दैन्थ्यो ।

पशुचौपाया बेचेर भारत गएर भएपनि किसानहरुले व्यापारी साहुको ऋण तिर्नुपथ्यो । अझ दलित समुदायको त जग्गा जमिन पनि न्यून हुन्थ्यो । त्यसैले जिविकोपार्जनले सामाजिक रुपमा असमानता जन्माइरहेको थियो ।

त्यतिबेला भात खानको लागि दलितले केही गैरदलितका खेतजग्गा मात्यामा लिने गर्दथे । चार्डपर्वमा आर्थिकस्तर कम भएकाहरुले भात खान गहुँको रोटी खान साहुबाट ऋण लिने घरमा आएर माग्ने खेतबारीमा काम गरिदिने स्थिति थियो ।

तर स्थिति सधैँ एकनासको रहेन । समय परिवर्तन भयो, खासगरी भारतसँग खुल्ला सीमाना रहेको र पुर्खादेखि नै दिल्ली काला पहाड अल्मोडा,पौडी,गडवाल ननितालमा काम गर्न जानेको संख्या बढ्दो र युवाहरु पढेलेखेर शिक्षित भएर केही मानिसहरु खाडी मुलुकमा जान थालेपछि तिनिहरुको जीविकोपार्जनमा परिवर्तन भइ कैलाली, कन्चनपुर जस्ता तराइतिर घरजग्गा किनी बस्न थालेका छन् ।

भारत र खाडीका मुलकबाट कमाई गरेर छोराछोरीको पढाइलाई विशेष प्राथमिकता दिँदै कैलाली, महेन्द्रनगर, नेपालगन्ज, काठमाडौं जस्ता ठूला ठूला शहरहरुमा पढाउने, पहाडका खेतबारीहरु किन्न छोडेर तराईमा अलि–अलि जग्गा किन्ने घर बनाउन थालेका छन् । राम्रो लुवाइखुवाई गर्न थालेका छन् ।

यस्ता आवश्यकता पुरा भएपछि गाउँका घरखेत बाझिन थाले पुखौंदेखि हिँड्ने गोरेटा बाटामा बन्मारा झारले जेले र जंगल परी नाम निसाना हराएका छन् । गाउँमै झार जंगल पर्न थालेका छन् । गाउँका टाठा बाठाहरु शहर पस्न थाले ।

उनीहरुले शहरको सेवा सुविधा देखे, व्यापार देखे, जागिर देखे, अवसर भेटेको अवस्थामा गाउँ र शहर जोड्ने सम्भावना देखे । गाउँ घरमा मोटरबाटा पुगे तर कुनै ठाउँमा मापदण्ड विपरित रोड खन्नाले पहिरोको जोखिम बढेको छ ।

बाटो झार र जंगलले जेलेर मानिसलाई हिँड्न असजीलो पारेको छ । जंगली जनावरहरु बाघ, भालु, फ्याउरा जस्ता जनावर घर नजिक पुगेरै समय समयमा आक्रमण गरेका घटनाहरु देखिन्छन् । यस्ता जटिल समस्याहरु समाधान गर्न झार जंगल काट्ने बाटोघाटो सफा गर्ने साना–साना कामका लागि पनि सरकारको मुख हेरेर बसेको देखिन्छ ।

पहिला–पहिला स्थानीय मिलेर बाटो घाटो बनाउने सरसफाई गर्ने खाने पानी कुल्हो पानी घट्ट श्रमद्धानबाटै गर्थे । अहिले धेरै ठाउँमा खाने पानीका धारा छन् तर पानी छैन ।

अहिले सावर्जनिक काम गर्ने रुचाउँदैनन् । पैसाको पछि लाग्छन् । सरकारको मुख हेरेर बसी राखेका हुन्छन् । यस्ता सावर्जनिक काम नहुँदा तिनीहरु आफैलाई समस्यामा परिरहेका छन् तर पनि मतलब छैन । यस ठाउँमा गरिबी बढ्नुको मूल कारण भनेको नै मानिसहरु खेती गरेर खाने भन्दा किनेर खानेतर्फ अग्रसर भएको देखिन्छ ।

प्ररम्परागत खेती पशुपालनबाट माथि उठेर व्यापार गर्ने विदेश गएर भए पनि आफ्नो जीविकोपार्जन गर्न सकिन्छ भन्ने मनसायमा लागेको देखिन्छ ।

आम्दानीको स्रोत त्यसैमा देख्न थाले अलि पैसा हुनेहरु बसाइँसराई गरी तराईतिर लागे । नहुनेहरु आफ्नै जमिनमा खेती गरेर खानलाई ६ महिना पुग्छ । त्यतिले मात्र पुग्दैन भन्दै विकल्पको रुपमा व्यापार गर्ने विदेशतिर लागेको देखिन्छ ।

व्यापारमा पनि निकै प्रतिस्पर्धा गर्न सक्ने टिक्छन् । गर्न नसक्नेले ६ महिना एक वर्ष चलाएर सटर बन्द गरी ऋण तिर्नको लागि भारततिर लागेको देखिन्छ ।

परम्परागत कृषि प्रणाली छोड्न नसक्ने परिवार गरिबीभित्र पिल्सिएका छन् । पुरानै वन जंगलको किनारामा नै जिवीकोपार्जन गर्न सिमित छन् । अहिलेको बजारीकरणले गर्दा तल्लो जातिहरु भने अलि नाफामा छन् । उनीहरुले अँगाल्दै आएको परम्परागत पेशा सिलाइ कटाई गर्ने भाडाकुँडा बनाउने काम घरमा मात्र नभइ बजारतिर सरेका छन् । पुरानो सीपलाई आधुनिक बजारसँग प्रतिस्पर्धा गरिरहेका देखिन्छन् ।

आजभोली मानिसहरु कृषि कर्म गर्न चाँहदैनन् । किनभने परम्परागत कृषि प्रणालीमा अब आम्दानी हुँदैन भन्ने धेरैले बुझिसके । मानिसको चाहना सरकारी जागिर वैदेशिक रोजगार गैरसरकारी क्षेत्र आफ्नै व्यापार गर्नेतिर मोडियो ।

व्यावसाय गर्न पहिले भन्दा आज सम्भावना पनि बढ्दै गएको छ । बजार विस्तार भयो बजारमा छानी छानी सामान किन्ने विकल्प पनि उपलब्ध हुन थाल्यो । मानिसहरु व्यवसायमा संलग्न हुन थाले । यसले गर्दा सामाजिक सम्बन्धमा फेरबदल आयो ।

सामाजिक परिवर्तन

अहिले आएको सामाजिक परिवर्तनलाई समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा के देखिन्छ भने मानिसको जीविकोपार्जनमा परिवर्तन आउँदा सामाजिक सम्बन्धमा परिवर्तन आयो ।

यो परिवर्तन हाम्रो इच्छाले भएको होइन यसमध्ये एउटा होरक्त सम्बन्धमा आएको परिवर्तन । पहिले ठूलो बुबा,काका, मामा,दाजु ,भाई दिदी, फुपु,भतिज भन्ने जुन नाता जोडिन्थ्यो, त्यो निकै महत्वपूर्ण मानिन्थ्यो ।

अब त्यो सम्बन्धमा परिवर्तन आयो । आफ्नो जीविकोपार्जनका लागि मानिस फरक मान्छेसँग बस्न थाले । घरबाट टाढा बसाइँ सरेर जान थाले । कामको दौरान नाता कुटुम्ब भन्दा पेशागत,राजनीतिक सम्बन्ध बलियो हुँदै गयो ।

आपत विपत पर्दा नाता कुटुम्बका मानिस होइन् आफ्नो पेशासँग नजिकका मान्छेबाट सहयोग लिनुपर्ने भयो । भेटघाट लेन देन सुख दुःख बाढ्ने काम एउटै पेशा र राजनीतिकमा आबद्ध मानिसबीच हुन थाल्यो ।

हिजोको रक्त सम्बन्धमा जोडिएका सम्बन्ध भन्दा पेशागत राजनीतिक सम्बन्ध बलियो हुन थाल्यो । यो परिवर्तन जीविकोपार्जनमा आएको परिवर्तनले ल्यायो ।

हिजो भन्दा आज एउटा फरक वर्ग जन्मियो । त्यो वर्ग ले खाने बस्ने ठाउँ फरक भयो । सामान किन्ने ठाउँ फरक छ, घुमफेर गर्ने मनोरञ्जन गने भेटघाट हुने ठाउँ फरक भयो । संस्कार र संस्कृति मान्ने तरिका फरक भयो । जस्तो हिजो खाने ठाउँ मठ मन्दिरमा पूजा गर्दा भोज भतेर, विवाह गर्दा सबै मिलेर पकाउने पातका दुना टपरीमा खाने गर्थे । आज भोली खाने ठाउँ होटल रेष्टुरेन्ट भएका छन् ।

सामान किन्न सपिङमल वा ठूला बजार जाने भए । किन भने त्यो वर्गसँग पैसा भयो । खर्च गर्ने क्षमतामा वृद्धि भयो । अहिले त्यस गाउँ ठाँउमा पनि आर्थिक हिसाबले फरक फरक वर्ग देखिन्छ ।

एउटा वर्ग कमाई गरेर तराई वा अलि राम्रो ठाउँमा लगानी गर्ने ठाउँ खोजीरहेको छ, अर्को वर्ग सडक घर छेउको गोरेटो बाटोमा प्याट प्याटे (दारुको बोतल) खाएर सुतिरहेको छ, बोलीरहेको छ कोहि नयाँ मान्छे पैसावाला आयो कि पछि लागी रहन्छन् । यो अवस्था उनीहरुको जीविकोपार्जनमा आएको परिवर्तनले नै ल्याएको हो ।

१५,२० वर्ष पहिले त्यस ठाउँका मानिसहरुसँग पैसा नै हँुदैन्थ्यो । त्यति बेला कमाई नै थोरै हुन्थ्यो । विदेश कम जान्थे । जनसंख्या पनि कमै थियो । अहिलेका मानिस विदेश जान्छन् । आफ्नो व्यवसायलाई बढी समय दिन्छन् । गाउँ घरमै ग्राबेल बाटो नहर बनाउने रोजगारमुलक कार्यक्रम आइरहन्छ, काम गरिरहन्छन् । काम गर्न सक्नेले जति पनि काम गरिरहेको देखिन्छ ‘सक्षमता र आफ्नो मान्छे अगाडि हुनेले काम दाम दुबै पाउँछ । अरुले कामै नपाउने स्थीति पनि छ ।

त्यसैले समाजमा असमानता पनि बढ्दै गएको छ । मानिसको जीविकोपार्जनमा आएको परिवर्तनले जातीय व्यवस्था र जातीय सम्बन्धमा पनि फेरबदल ल्याएको छ ।

पहिले जातीय आधारमा सम्बन्ध स्थापित हुन्थ्यो । अहिले दलित र गैर दलित एकै ठाँउमा बसेर पढ्ने खाजा चिया पिउनेसँगै काम गर्न थालेका छन् । जातीय आधारमा उच्च र निचको सम्बन्ध अलि कमजोर हुदै गएको देखिन्छ । जातको आधारमा काम गर्नु पर्ने परम्परा कमजोर हुदै गएको देखियो । तल्लो जातिले माथिल्लो जातिको घरदैलोमा माग्ने चलन पनि एकदमै कम देखिन्छ । यसको मतलब जातीय व्यवस्था पूर्ण रुपमा अन्त्य भयो भन्ने होइन ।

जातीय व्यवस्था अझै भित्री रुपमा बलोयो छ । यसलाई भत्काउन बाँकी नै छ । त्यहाँ सामाजिक जनजीवमा आयको परिवर्तनसँगै महिलाहरुले पनि घरबाहिर निस्किकेर काम गर्न थालेका छन् महिलाहरुले पढ्ने काम गर्ने पढी सकेपछि विभिन्न क्षेत्रमा बढ्दो सहभागीता रहेको छ ।

स्थानीय स्तरका विद्यालयमा शिक्षिका,स्वास्थ्य चौैकीमा नर्स, बैंक, गाउँपालिकाको कार्यालय, वडा कार्यालयमा पनि महिला कर्मचारिको संख्या बढदो क्रममा रहेको देखिन्छ ।

हाम्रो समाजमा जीविकोपार्जनमा जति बढी सम्भावना बढेका छन् । त्यति बढी लोकतान्त्रिक मूल्य मान्यताको विकास हुन्छ किन भने मानिसमा डर कम हुन्छ ।

उसँग नयाँ–नयाँ विकल्प हुन्छन् मानिस परनिर्भरताबाट मुक्त हुँदै जान्छ । त्यसले सही अर्थमा लोकतान्त्रिक मूल्य मान्यतालाई बलियो बनाउँछ ।

त्यस ठाउँका मानिसमा जीविकोपार्जनका प्रचुर सम्भावनासहितको आर्थिक विकास सामाजिक सम्बन्ध भएन र असमानता बढ्दै गयो भने जे जस्तो गरी अहिले राजनीतिक नारा लगाए पनि मानिसको वास्तविक जीवनमा खासै परिवर्तन आउँदैन । राजनीतिक शब्दले भोको पेट भरिदैन तर पनि सर्वसाधारण जनतालाई राजनीतिक पार्टीका नाम रटाइराखेका छन् । बाबुछोरा घर–घरमा फाटो ल्याएर झगडा उत्पन्न गराएर परम्परागत सामाजिक सम्बन्ध खलबलाएको देखिन्छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host