काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनको वातावरण बनाउन ध्यान दिनुपर्ने बताएका छन्।
जेनजी आन्दोलनपछि पहिलो पटक मंगलबार सानेपास्थित पार्टी मुख्यालयमा सार्वजनिक भएका सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि वातावरण निर्माण आवश्यक रहेको औंल्याए।
उनले भने, “सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेको छ, तर स्वतन्त्र र भयरहित वातावरण बन्न सकेको छैन। निर्वाचनमा सबै दल सहभागी हुने अवस्था बनाउन सरकारले आवश्यक तयारी गर्नुपर्छ।”
देउवाले थपे “देश र जनताको पक्षमा आफूले सधैं सकेको योगदान दिएको छु।” उनका अनुसार, निर्वाचन प्रक्रिया सफल र सबै पक्षको सहभागितामूलक बनाउन राजनीतिक सहमति र विश्वासको वातावरण पुनः स्थापना गर्नु अहिलेको आवश्यकता हो।
![देश र जनताको पक्षमा आफूले सधैं सकेको योगदान दिएको छु : देउवा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2025/10/sharrr-694x375.jpg)











