काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धीको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्। गणतन्त्र दिवसको शुभकामना दिँदै देउवाले समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुन आग्रह गरेका हुन्।
‘संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकास मार्फत मात्र हामीले समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सक्नेछौं।’ शुभकामना सन्देशमार्फत देउवाले भनेका छन्, ‘नेपाली जनताको बलिदानबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो। समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुँदै यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’












