काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आमनिर्वाचनमा कुनै एक दलको बहुमत आउन गाह्रो भएको बताएका छन् ।
आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अहिलेकै अवस्थामा आमनिर्वाचनमा कुनै एक दलको बहुमत आउन गाह्रो भएको बताएका हुन् ।
‘कुनै पनि एउटा दलको आमनिर्वाचनमा बहुमत आउन गाह्रो छ । त्यसैले सबै दललाई मिलाएर अघि बढ्नुपर्छ,’ उनले भने । सभापति देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको तथा समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताए ।
सभापति देउवाले नेपालको संविधान अत्यन्तै राम्रो रहेको बताए ।












