काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण साथ समर्थन रहेको प्रष्ट पारेका छन् ।
सुजाता कोइरालाको आत्मकथा म र मेरो सानुबुबा नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्री समेत उपस्थित भएको अवसरमा सभापति देउवाले प्रधानमन्त्रीलाई साथ समर्थन रहेको बताएका हुन् ।
देउवाले भने- प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं । हामी त जेलभित्रको पनि जेल गोलघरमा सँगै थियौं । त्यसबेलादेखिकै सम्बन्ध राम्रो छ । अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौं । अहिले सत्तामा सहकार्य गरिरहेका छौं । कांग्रेसबाट उहाँलाई पूरा समर्थन छ ।












