काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। आजै भारत जाने तयारीमा रहेका उनको एकाएक भ्रमण रद्द भएको हो।
उनको भारत जाने कार्यक्रम स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयले पुष्टि गरेको छ। इण्डिया फाउण्डेसनको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन सभापति देउवा भारत जाने तयारीमा थिए ।












