Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

दलितलाई अपमान गर्नेहरू को होला ?

डा.अरुणा उप्रेती

दलितलाई अपमान गर्नेहरू को होला ?
Subisu
दलितहरूप्रति गरिने अभद्र व्यवहारको साथै उनीहरूलाई जिस्काएर, होच्याएर बोल्ने नराम्रा चुटकिला सुनाउने हिम्मत सामान्यजनलाई किन आउँछ भने किनभने ‘दलित’हरूको लागि नेताहरू बोल्दैनन्।
नेपालमा ‘आफू भनेपछि डुमै राजा’, ‘राजाको काम छोडी कामीको देवाली’जस्ता अनेक दलितहरूलाई अपमान गर्ने उखान टुक्का छन्। भारतमा पनि त्यसै गरिन्छ।
डा.अरुणा उप्रेती
भारतमा पहिलो दलित महिला मुख्यमन्त्री बनेकी मायावतीलाई निशाना बनाएर चुट्किलाहरू बनाइएका छन्। चार पटकसम्म उत्तर प्रदेशको मुख्यमन्त्री भइसकेकी उनी राष्ट्रियस्तरको बहुजन समाज पार्टीकी अध्यक्ष पनि हुन्। तर उनलाई अनेक तरिकाले अपमानित गर्न र त्ये अपमानमा हास्न ठूला जातकाहरू पछि पर्दैनन्।
केही अघि भारतमा बलिउड अभिनेता रणदीप हुड्डाको एउटा भिडियो भाइरल भयो। भिडियोमा अभिनेताले अंग्रेजीमा चुट्किला सुनाएका छन्। यसमा मायावतीको अनुहारको खिल्ली पनि उडाइएको छ।
सन् २०१२ मा बनेको यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा रणदीपलाई पक्राउ गर्नुपर्छ भनेर कतिले आवाज पनि उठाए
रणदीप हुड्डा एक सफल कलाकार हुन र संयुक्त राष्ट्रसँग जोडिएको एक संस्थाका उनी ब्रान्ड एम्बेसेडर थिए , । तर, मायावतीलाई अपमान गरेको भाइरल भएपछि ‘ब्राण्ड एम्बेसडर’ हटाइयो ।
दलित प्रति आपत्तिजनक, महिला विरोधी वा जातिवादी टिप्पणी गरेर यस्तो नराम्रो किसिमको चुट्किला बारम्बार सुनाइरहनेहरुमा राजनीति नेता, अभिनेतादेखि हास्य कलाकार र सर्वसाधारण व्यक्तिहरू पनि हुन्छन्।
नेपालमा पनि दलित महिलाहरूको पहिरन, बोली भाषालाई लिएर अनेक कटाक्ष हुन्छ। ‘दलित भएर पनि कति राम्री’, ‘दलित भएर पनि कति बुद्धिमान’, ‘दलित भएर पनि सुझबुझको कुरा गरेकी’ आदिजस्ता वाक्यहरू पढेलेखेर काम गर्ने, राजनीतिमा लागेका महिलाहरूले बारम्बार सुन्नुपर्छ। मानौं बुद्धिजति सबै ठूलाबडाको अधिकार हो। तर यति हुँदा पनि समाज किन कसैले प्रश्न उठाउँदैन?विरोध किन गरिन्नन्? कुनै कानुनी कारबाही किन हुँदैन? अझ कति जना त ‘यस्तै समाज छ’ भनेर उडाउँछन्।
कानुनले यो मानसिकता बदल्न सक्दैन।
यस्ता भनाइहरू वास्तवमा महिला विरोधी तथा दलित विरोधी विचारको नतिजा हुन्। नेपाली र भारतको समाजमा कानुनले छुवाछुत छैन भने पनि जातपातको र र महिला विरोधी भावना यति बलियो छ कि महिला तथा दलितहरूप्रति यस्ता खालका टिप्पणी गर्नु कुनै ठूलो कुरा होइन भन्ने सोचिन्छ। यसमा खासै गलत त के भयो र, यो सामान्य नै हो, सबैले गर्छन्, भन्ने गरिन्छ।
यो जातको जरो यतिसम्म तल पुगेको छ, ‘दलित’भित्र पनि ‘दलित’हरू छन्। उनीहरूबीच भेदभाव हुन्छ पानी चल्दैन, बिहावारी चल्दैन।
कति जना त दलित महिलाहरूलाई नराम्रो देखाउन केही पाएनन् भने उनका अनुहार र शरीरलाई व्यंग गर्छन्।
दलित महिलाहरूप्रति नराम्रो टिप्पणी गरेर उनीहरुलाई अपमान गर्ने कोसिस गर्नेहरू पुरुष मात्रै होइन, उच्च जातका महिलाहरू पनि हुन्छन्।
तर अहिले सामाजिक सञ्जालको समयमा महिला तथा दलितहरू आफ्नो अधिकार र पहिचानको लागि जागरुक भइरहेका छन्। उनीहरूले मात्रै यस्ता टिप्पणीहरूको विरोध गर्ने होइन, प्रश्न हामी प्रत्येकले गनुपर्छ, गरिँदैन।
हाम्रो समाज शारीरिक र जातीयवादी छ। त्यसैले हाम्रो विचारलाई विकसित गर्नुपर्छ। गलत कुरा, गलत उखान ‘गलत सिकाइ’ भन्नुपर्छ।
दलित र महिला विरोधी उखान दलितहरूको अधिकारको लागि काम गर्ने र लैङ्गिक संवेदनशीलताको बारेमा काम गर्ने सबैले हटाउनुपर्छ। यस्ता उखानहरूले नकारात्मक विचार फैलाउँछन्। कहिले-कहिले हामीले अनायास भनिदिन्छौं, ‘धोबीको जस्तो बोली र अनुहार।’ यो ठिक होइन, गल्ती महसुस गर्नुपर्छ। जसलाई भनिएको हो माफी माग्नुपर्छ। तर समस्या के छ, नेपालको ‘जातिवादी राजनीति’ले गर्दा यस्तो जाबो कुरामा पनि के बहस गर्नु भन्ने ठान्छन्। यो सानो कुरा हो?
दलितप्रति अपमानजनक भनाइ राख्ने, नराम्रा किसिमका चुट्किला सुनाउनेहरू धेरैजसो उच्च वर्गका पुरुषहरू / महिलाहरू पनि छन्।
यस्तो काम गर्ने मानिसहरुले जन्मसिद्ध पाएको विशेष अधिकार भनेर आफूले गरेको गल्तीलाई सामान्य रुपमा लिन्छन्। त्यसैले त ‘कमिनी भएर भएर पनि बाहुनको जस्तो पूजा गरेकी’, ‘कमिनी भएर पनि सफा चटक्क भएर हिँडेकी’ भन्ने मानिसहरू अझै छन्। मानौं पूजा गर्नु, सफा हुनु ठूलाबडाको बपोती हो।
दलित तथा पिछडिएका महिलाप्रति भारत र नेपालजस्तो देशमा मानिसको दृष्टिकोण बुझाउन राजस्थान अदालतमा भएको एउटा घटनाको उदाहरण पयाप्त छ।
भारतको सन् १९९५ मा कथित दलित जातकी भावरी देवी ‘उच्च जातका’ व्यक्तिबाट बलात्कृत भइन्। अदालतमा मुद्दा चल्दा त्यो अदालतका न्यायाधीशले निर्णय सुनाए। ‘उच्च जातका पुरुषले तल्लो जातका महिलालाई बलात्कार गर्न सक्दैन। किनभने उनीहरु तल्लो जातलाई ‘अशुद्ध’ मान्छन्।’ यसको आधारमा अपराधीहरू छुटे।
यस्ता कार्यलाई रोक्न भाषा, उखान, व्यवहार आदिबाट सबैलाई महिला तथा दलितहरूप्रति हुने हिंसा तथा भेदभावको बारेमा सचेत गराउनुपर्छ। शब्द प्रयोगको विरोध गर्नुपर्छ। अपमानजनक शब्द र टिप्पणी गर्दा विषयहरूमा खबरदारी गरिरहनुपर्छ। अनि बल्ल यस्तो विषय सामान्य कुरा होइन भन्ने ज्ञान हुँदै जान्छ।
डा.अरुणा उप्रेतीको फेसबुकबाट साभार

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host