Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

कोप-१६ र कोप-२९ का सहभागीसँग आदिवासी जनजातिको छलफल

कोप-१६ र कोप-२९ का सहभागीसँग आदिवासी जनजातिको  छलफल

काठमाडौं । जैविक विविधता सम्बन्धी विश्व सम्मेलन कोप-१६ तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा सहभागीहरूले त्यहाँ उपस्थित हुँदा बुझेका, देखेका अनुभवहरूको आदानप्रदान गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) र आदिवासी जनजाति महिला मञ्च (निफ)ले काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कोप-१६ र कोप-२९ मा नेपालबाट सहभागी भएका विशेषगरी आदिवासी जनजाति मुद्दामा काम गर्ने सहभागीहरूले अनुभव आदानप्रदान गरेका हुन् ।

Subisu

त्यस अवसरमा जैविक विविधता र जलवायु परिवर्तन तथा आदिवासी जनजातिको अधिकारका विषय अत्यन्त महत्वपूर्ण भएपनि यसका विषयमा नेतृत्व तहमै राम्रोसँग जानकार हुन नसकेको सहभागीहरूले बताएका थिए । आफूले सिकेका ज्ञानहरू अरूलाई पनि जानकारी दिनुपर्ने भन्दै उनीहरूले जलवायु परिवर्तन मानव सभ्यताकै ठुलो चुनौतीको रूपमा आएकोले यसका विषयमा सबैले जान्न, बुझ्न र त्यसको अनुकुलनका लागि काम गर्न आवश्यक रहेको बताएका थिए ।

अहिले हिमालमा हिउँ पग्लिएर हिमाल कालो देखिँदै गएको भन्दै हिँउ पग्लिएर बनेको हिमतालको कारणले त्यस आसपासमा रहेका आदिवासी बस्तीहरू सबैभन्दा बढी जोखिममा रहेको सहभागीले बताएका थिए । जसले फोहोर गर्छ त्यसले नै त्यो फोहोर सफा गर्नुपर्छ भन्ने मान्यता भएपनि धनी मूलुकहरू जसले जलवायु परिवर्तन गर्न भूमिका खेलेका छन्, ती मुलुकहरूले तिर्छु भनेर कमिटमेन्ट गरेर रकम तिरेका छन् कि छैनन् र उक्त रकम आदिवासी जनजाति समुदायका लागि खर्च भएको छ कि छैन भन्ने कुरा बुझ्न आवश्यक रहेको उनीहरूको भनाई थियो ।

हरेक वर्ष जलवायु परिवर्तन अनुकुलनका निम्ति कति बजेट आउँछ र त्यो कहाँ कसरी खर्च हुन्छ ? भन्ने कुरा जलवायु परिवर्तनबाट प्रभावित आदिवासीले थाहा पाउनुपर्ने सहभागीले बताए । नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा कमल साम्पाङ र टुङ्गभद्र राईले जैविक विविधता र कोप सम्बन्धी जानकारी दिएका थिए भने देवकुमार सुनुवारले युएन भोल्युन्टरी फन्डको विषयमा जानकारी दिएका थिए ।

त्यस अवसरमा नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले केही समय पहिले शोलुखुम्बुको माथि थामेमा दुईवटा हिमतालहरू फूट्दा आदिवासी शेर्पा समुदाय प्रभावित भएको बताए । ‘जलवायु परिवर्तनले नेपालमा के असर गरेको छ । त्यसले के कति क्षती पुर्‍याएको छ ? अहिले हिमालको हिउँ पग्लिएको छ । हिम तालहरूको संख्या वृद्धि भइरहेका छन् । जसले गर्दा हाम्रा आदिवासी वस्तीहरू जोखिममा छन्’, अध्यक्ष शेर्पाले भने, ‘अहिले त्यस्ता कम्तिमा पनि २ हजार तालहरू बढेका छन् । भोली त्यसले ल्याउन सक्ने क्षती निकै डरलाग्दो छ ।’

शक्ति राष्ट्रहरू जसका कारणले जलवायु परिवर्तन गराउन भूमिका खेलेका छन्, उनीहरूका कारण जलवायु परिवर्तनसँगै आदिवासी जनजाति समुदायका आर्थिक, भौतिक, सांस्कृतिक क्षती भएको उनको भनाई थियो । उनले भने, ‘जलवायु परिवर्तनको कारणले हाम्रा हिमाल त पग्लिएका छन् नै । सँगै हामी आदिवासीको सांस्कृतिक क्षती भएको छ । भौतिक, आर्थिक क्षती भएको छ । अहिले जलवायु परिवर्तन गराउन भूमिका खेल्ने राष्ट्रहरूले पठाउने क्षतीपुर्ती बापतको रकम हामी आदिवासी जनजातिहरूको नाममा आउँछ । तर त्यो कहाँ कसरी खर्च भएको छ ?’

नेपालमा आदिवासी जनजातिको नाममा धेरै बजेट ल्याएर अरूले नै खर्च गरिरहेको भन्दै जसका निम्ति खर्च हुनुपर्ने हो त्यसका निम्ति खर्च नभएको दाबी समेत अध्यक्ष शेर्पाले गरे । ‘आदिवासी जनजातिका नाममा विभिन्न गैरसरकारी संस्थाहरूले बजेट ल्याएर खाइरहेका छन् । तर नेफिनलाई थाहै छैन । २/४ जना आदिवासीहरू उभ्याएको छ । बजेट जति जम्मै कता गएको छ कता ?, उनले भने, ‘केही गैरसरकारी संस्थाहरूले विदेशमा गएर नेपालमा आदिवासी जनजातिहरूको क्षेत्रमा काम गर्ने त हामी हो नि भनेर बजेट ल्याएर खाइरहेका छन् । तर त्यो आदिवासी जनजातिका लागि खर्च भएको छैन ।’

आदिवासीको नाममा आएको बजेटहरू सहि ठाउँमा लगानी नभएको भन्दै उनले त्यसलाई सही ठाउँमा लगानी गर्नका निम्ति काम गर्नुपर्ने समय आएको बताए । जलवायु परिवर्तनले सबैभन्दा बढी क्षती आदिवासी जनजातिलाई भएकोले उनीहरूका नाममा आएको बजेट उनीहरूकै लागि खर्च हुनुपर्ने उनको भनाई थियो ।

त्यस अवसरमा बोल्दै निफका अध्यक्ष सुनी लामाले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी आदिवासी महिलाहरू प्रभावित हुने गरेको बताए । प्रकृति र प्राकृतिक स्रोतसँग सबैभन्दा निकट आदिवासी महिलाहरू रहने र त्यसको प्रयोग पनि आदिवासी महिलाहरूले गर्ने भएकाले जलवायु परिवर्तनको असर आदिवासी महिलाहरूले भोग्दै आएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेफिनका महासचिव दिवस राईले हिउँ पग्लिने र हिउँनदीहरू बढ्दै गएर त्यसका वरिपरि रहेका आदिवासी वस्तीहरू बढी भन्दा बढी जोखिममा रहने अवस्था रहेको बताए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host