काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको बताएका छन् ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कार्यसम्पादन बैठकपछि गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि भ्रष्टाचारको फाइल खोल्न चुनौती दिदैँ कांग्रेस एमाले गठबन्धनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताएका हुन् ।
‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ। अहिले पनि गृहमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म हुनुहुन्छ। नदिए एक महिना हुनुहुन्छ। कुनै पनि फाइलहरूमा कुर्नै आग्रह पूर्वाग्रह, कसैको बारेमा राख्नुहुन्न। भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको छ’, उनले भने ।
त्यस्तै शर्माले अहिलेको प्रणालीलाई बलियो बनाउने गरीमात्रै संविधान संशोधन हुने बताए ।