काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले सरकारले राम्रो काम गर्न नसकेको भएपनि नियुक्तिमा सन्तुलन मिलाए आफुले साथ दिने निष्कर्ष निकालेको छ । बिहीबार बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा सरकारले गर्ने निर्णय काँग्रेसको परामर्शमा मात्रै गर्ने निश्चितता भएको अवस्थामा सरकारको निरन्तरता हुने निष्कर्ष निकालेको हो ।
विभिन्न नियुक्तिका बेला गठबन्धनमा समस्या देखिने गरेका सन्दर्भमा प्रधानमन्त्री ओलीले राजनीतिक तथा संवैधानिक नियुक्ति गर्दा पहिलो दल नेपाली काँग्रेस भएकाले यसलाई केन्द्रमा राखेर सोच्नुपर्ने धारणा सहभागीहरूले बैठकमा राखेका थिए । गभर्नर नियुक्तिको विषयलाई लिएर अप्ठ्यारोमा पुगेको गठबन्धन प्रधानमन्त्रीको प्रतिविद्धतापछि जोगिएको भन्दै सभापति देउवाले सरकारप्रति असन्तुष्ट नेताहरूलाई आश्वस्त पारेको प्रवक्ता प्रकाश शरण महतले बताएका छन् ।
गठबन्धनमा रहेका दलहरूबिच तालमेल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको प्रवक्ता महतले भनेका गठबन्धनबाट बनेको सरकारका प्रधानमन्त्रीले आफुले टेकेको आधार बिर्सनुभएन । ‘सरकारको पर्फमेन्स अझै बेटर हुनुपर्छ । बढी गठबन्धन दलबिच समन्वय र सन्तुलन हुनुपर्यो भन्ने कुरा भयो । सरकारका काम कारबाही चित्तबुझ्दो छैन सरकारले यसको गियर परिवर्तन गर्नुपर्यो भन्ने निष्कर्ष निकालेका छौ ।