काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका छन्। बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैठौं केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको भन्दै कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका हुन् ।
कांग्रेसलाई बलियो बनाउनका लागि शुभेच्छुक संस्थाहरु बलियो हुनुपर्ने उनले बताए । लोकतन्त्रमा मात्रै सबैका अधिकार सुरक्षित हुने भएकाले यसमा ध्यान दिन उनले आग्रह गरे । सभापति देउवाले गोर्खा भर्ति केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको भन्दै समस्या समधानका लागि कूटनीतिक तवरले कुरा अघि बढाउने प्रतिबद्धता जनाए।












