काठमाडौं। नेपाली कांग्रेस को केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो बैठक बुधबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। बैठक गगनकुमार थापाको उपस्थितिमा तथा उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको हो।
बैठकको प्रारम्भमा सभापति थापाले प्रतिष्ठानका प्रमुखलाई शपथ गराएका थिए। उनले नवनियुक्त सदस्यहरुलाई बधाई दिँदै प्रतिष्ठानको वैधानिकता, काम, कर्तव्य र अधिकारबारे स्पष्ट पार्दै संस्थागत भूमिकालाई प्रभावकारी बनाउन आग्रह गरे।
त्यसपछि प्रतिष्ठान प्रमुख शर्माले नवनियुक्त सदस्यहरुलाई शपथ गराएका थिए। बैठकमा सातै प्रदेशमा आयोजना हुने प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलाको मिति र स्थानसम्बन्धी कार्यतालिका सार्वजनिक गरिएको छ।
प्रदेशगत कार्यक्रम तालिका
सुदूरपश्चिम : वैशाख २६–२७, धनगढी, कैलाली
कर्णाली : वैशाख २८–२९, लेकवेसी, सुर्खेत
गण्डकी : वैशाख ३१ र जेठ १, पोखरा, कास्की
बागमती : जेठ ४–५, धुलिखेल, काभ्रेपलाञ्चोक
मधेश: जेठ ६–७, बर्दिवास, महोत्तरी
कोशी : जेठ ८–९, लौकी, सुनसरी
लुम्बिनी : जेठ १४–१५, तिलोत्तमा, रुपन्देही
त्यसैगरी बैठकले प्रतिष्ठानको उपप्रमुखमा मधु आचार्य लाई चयन गरेको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा प्रतिष्ठानमार्फत पार्टीको नीति निर्माण, अनुसन्धान र प्रशिक्षणलाई व्यवस्थित तथा परिणाममुखी बनाइने उल्लेख गरिएको छ।












