Outline Khabar
शुक्रबार, अशोज २, २०८३
Friday, September 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, अशोज २, २०८३
Friday, September 18, 2026
                                                       
No Result
View All Result

अख्तियारमा वर्षभरि ४० हजार उजुरी, ३२ हजार प्रारम्भिक छानबिनमै टुंगिए

अख्तियारमा वर्षभरि ४० हजार उजुरी, ३२ हजार प्रारम्भिक छानबिनमै टुंगिए

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारसम्बन्धी उजुरीको चाप उच्च देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा आयोगमा ४० हजार ८४२ उजुरी दर्ता हुँदा तीमध्ये ८० प्रतिशतभन्दा बढी उजुरी प्रारम्भिक चरणमै फछ्र्यौट भएका छन्।

आयोगको ३६औँ वार्षिक प्रतिवेदनअनुसार कुल उजुरीमध्ये ३२ हजार ८२३ वटा अर्थात् ८०.३७ प्रतिशत स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट टुंग्याइएका हुन्। ८ हजार १९ उजुरी भने अर्को आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन्।

Subisu

कुल उजुरीमध्ये ३३ हजार ५१९ नयाँ थिए भने अघिल्लो आर्थिक वर्षबाट ७ हजार ३२३ उजुरी जिम्मेवारी सरेर आएका थिए।

आयोगमा परेको उजुरीको अर्को उल्लेख्य पक्ष स्थानीय तहसँग जोडिएको उजुरीको ठूलो हिस्सा हो। कुल उजुरीमध्ये स्थानीय तहसँग सम्बन्धित मात्रै २० हजार २५ अर्थात् ४९.०३ प्रतिशत छन्। संघसँग सम्बन्धित १५ हजार ५१२ र प्रदेशसँग सम्बन्धित ५ हजार ३०५ उजुरी परेका छन्।

विषयगत रूपमा पनि संघीय मामिला क्षेत्र, जसमा स्थानीय तहसमेत पर्छन्, सबैभन्दा धेरै उजुरी पर्ने क्षेत्र बनेको छ। यस क्षेत्रमा मात्रै कुल उजुरीको ३५.३५ प्रतिशत छन्। शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी १४.६७ प्रतिशत छन्।

उजुरीको ठूलो संख्या प्रारम्भिक छानबिनमै टुंगिए पनि आयोगले गम्भीर प्रकृतिका भ्रष्टाचारका घटनामा मुद्दा दायर गरेको छ। आर्थिक वर्षमा विशेष अदालतमा १७५ वटा मुद्दा दायर भएका छन्। ती मुद्दामा ९९० जना प्रतिवादी बनाइएका छन्।

मुद्दामा प्रतिवादी बनाइएकामध्ये ५४९ जना राष्ट्रसेवक कर्मचारी, ५० जना निर्वाचित जनप्रतिनिधि, २२ जना राजनीतिक नियुक्ति पाएका व्यक्ति र ७ जना संघीय मन्त्री छन्। मुद्दामा आयोगले २५ अर्ब २३ करोड ६५ लाख ९७ हजार ९ सय ८९ रुपैयाँ ८२ पैसा बिगो मागदाबी गरेको छ।

यस अवधिमा आयोगले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र अभियोजनलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। डिजिटल फरेन्सिकलगायत प्रविधिको प्रयोग बढाउने र अनुसन्धानलाई थप प्रविधिमैत्री बनाउने विषयलाई प्रतिवेदनमा जोड दिइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

स्वास्थ्य संस्थाजन्य फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

स्वास्थ्य संस्थाजन्य फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौंका विद्यालय र स्वास्थ्य केन्द्रमा पिइने पानी कति सुरक्षित? महानगरले थाल्यो परीक्षण

काठमाडौंका विद्यालय र स्वास्थ्य केन्द्रमा पिइने पानी कति सुरक्षित? महानगरले थाल्यो परीक्षण

५० रुपैयाँको नोटमा थपियो नयाँ सुरक्षा विशेषता, आजदेखि चलनचल्तीमा

५० रुपैयाँको नोटमा थपियो नयाँ सुरक्षा विशेषता, आजदेखि चलनचल्तीमा

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

१८ सहकारीका ऋणीले ७ दिनभित्र ऋण नतिरे सम्पत्ति रोक्का गरी कालोसूचीमा राखिने

सहकारी ऋणको ब्याजदर घट्यो, ऋणीलाई लागत घट्ने

कप्तानगन्ज र गोलबजार घटनापीडितलाई राहत दिने सरकारको निर्णय

न्याय सेवाका तीन सहसचिव सचिवमा बढुवा, प्रशासन सेवाका पराजुली पनि सचिव

ताजा समाचार

स्वास्थ्य संस्थाजन्य फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

स्वास्थ्य संस्थाजन्य फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

काठमाडौंका विद्यालय र स्वास्थ्य केन्द्रमा पिइने पानी कति सुरक्षित? महानगरले थाल्यो परीक्षण

काठमाडौंका विद्यालय र स्वास्थ्य केन्द्रमा पिइने पानी कति सुरक्षित? महानगरले थाल्यो परीक्षण

५० रुपैयाँको नोटमा थपियो नयाँ सुरक्षा विशेषता, आजदेखि चलनचल्तीमा

५० रुपैयाँको नोटमा थपियो नयाँ सुरक्षा विशेषता, आजदेखि चलनचल्तीमा

अख्तियारमा वर्षभरि ४० हजार उजुरी, ३२ हजार प्रारम्भिक छानबिनमै टुंगिए

अख्तियारमा वर्षभरि ४० हजार उजुरी, ३२ हजार प्रारम्भिक छानबिनमै टुंगिए

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

१८ सहकारीका ऋणीले ७ दिनभित्र ऋण नतिरे सम्पत्ति रोक्का गरी कालोसूचीमा राखिने

सहकारी ऋणको ब्याजदर घट्यो, ऋणीलाई लागत घट्ने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host