काठमाडौं । बुढानीलकण्ठ नगरपालिका ३ चुनीखेलमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । राति ११ बजे लागेको आगो सुरक्षाकर्मीले ३ घण्टा लगाएर नियन्त्रणमा लिएका हुन भने ७ जनाको उद्धार गरिएको छ ।
बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागीबाट मानवीय क्षति भने भएको छैन र आगलागीको कारण खुलेको छैन ।












