काठमाडौं । मोबाइल चोरीको विवादमा दुई समूहबीच झगडा हुँदा काठमाडौंको कुमारीगालमा एक युवकको हत्या भएको छ । हत्यामा संलग्त तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गत १७ माघको बिहान एउटा चोरी भएको मोबाइलको विषयमा भएको झगडामा अमृत कार्कीको हत्या भएको हो ।
घटनामा संलग्न युनिक लामा भन्ने युनिक शेर्पा, विशाल तामाङ र क्षितिज कार्की पक्राउ परेका छन् । अर्का एक व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए । पक्राउ परेकाहरू विगतमा पनि पक्राउ परी छुटेको अनुसन्धानमा खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले पत्रकार सम्मेलन गरी मंगलबार घटना सार्वजनिक गरेको हो।












