एजेन्सी । चीनले अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई तुरुन्त रिहा गर्न आग्रह गरेको छ। चीनले सार्वभौम राज्यमाथि अमेरिकाको स्पष्ट बल प्रयोगबाट स्तब्ध भएको जनाएको छ र मादुरो दम्पती पक्राउप्रति कडा निन्दा जनाएको छ।
चीनको विदेश मन्त्रालयले मादुरो र उनकी श्रीमतीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, र उनीहरूलाई तुरुन्त रिहा गर्न र भेनेजुएलाको शासन उल्टाउने प्रयास रोक्न अमेरिकालाई अनुरोध गरेको छ। साथै, यस समस्या वार्तामार्फत समाधान गर्न आह्वान पनि गरेको छ।
मादुरो र उनकी श्रीमतीलाई शनिबार भेनेजुएलाबाट पक्राउ गरी हाल न्यूयोर्कको ब्रुकलिन हिरासत कक्षमा राखिएको छ। अमेरिकी ट्रम्प प्रशासनले दम्पतीमाथि लागूऔषध तस्करी र अमेरिकी नागरिकको ज्यानमा जोखिम पुर्याएको आरोप लगाउँदै केही दिनमा अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ।












