काठमाडौं । चन्दागिरिमा विद्युत् प्रवाहमा समस्या देखिएपछि केबलकारमै अड्किएका यात्रुहरुको उद्वार गरिएको छ ।
दिउँसो करिब साढे १ बजे समस्या आएपछि यात्रुहरू केबलकारमा नै अड्किएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही बेरअघि केबलकार सुचारु गरिएको र ७५ यात्रुहरूलाई सकुशल उद्धार गरिएको परिसरले जनाएको छ ।
उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली गएको थियो ।