Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

‘चलचित्र समाजको एउटा अभिन्न अंग’

‘चलचित्र समाजको एउटा अभिन्न अंग’

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमललादीमा आयोजित कार्यक्रममा कला, साहित्य र चलचित्र क्षेत्रका विशिष्ठ महानुभावहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा त्रि वि कीर्तिपुर नेपाली विभागका प्रध्यापक डा. अशोक थापाले चलचित्र साहित्य र नेपाली सन्दर्भ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चलचित्र सहित्यको बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्न पर्ने आवश्यकता छ । चलचित्र कलाको आधुनिक माध्यम हो । समाज रुपान्तणरको निम्ति चलचित्रको भूमिका महत्वपूर्ण रहन्छ । प्राविधिक पक्षले गर्दा चलचित्रले धेरै कुराहरु एकै पटक देखाउन सकिन्छ । पछिल्लो समय चलचित्र समाजको एउटा अभिन्न अंग बन्न पुगेको छ धारण राखे।

Subisu

कार्यपत्रमाथि आफ्नो धारण राख्दै बरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले हरिश्चन्द्र नै पहिलो नेपाली चलचित्र हो । भारतीय कलाकार र नेपाली कलाकारहरुले अभिनय गरेको चलचित्रमा भारतीय कलाकारहरुले नेपाली उच्चारण स्पस्ट नभएको हुँदा डविंग गरेको जस्तो हुन पुगेको बताए ।

उनले भने, ‘साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको कुरा हो । अहिलेको अवस्थामा कला र साहित्यलाई यसलाई हेर्ने दृष्ट्रिकोण गलत छ, हामीले बदल्न पर्छ भन्दै उहाँले कला र साहित्यले मान्छेको समवेदनासँग निकट सम्बन्ध राख्छ भन्दै चलचित्र पनि मानविय समवेदनासँग जोडिएको एउटा पाटो हो । चलचित्रको मुटु भनेको पटकथा हो । पटकथा चलचित्रको साहित्यको मूल अंश हो । विश्व बजारका धेरै प्रसिद्ध चलचित्रहरुको आधार साहित्य नै हो ।’

नेपाली चलचित्रको बारेमा खोज अनुसन्धान नै साह्रै कम भएको परिप्रेक्षमा यो कार्यक्रमले फरक किसिमको सुरुवात गरेकोमा उनले बधाइ समेत ज्ञापन गरे ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले भने, ‘प्रज्ञा प्रतिष्ठानले चलचित्रको बहसमा एउटा माहोल सिर्जन गर्ने प्रयत्न गरेको हो । आगामि दिनहरुमा पनि हामी यस्ता कार्यक्रमहरुको आयोजना गर्ने छौँ हामी ।’ उनले थपे। ‘चलचित्र आफैँ साहित्य हो । चलचित्र प्रविधिसहतिको साहित्य हो । चलचित्रमा साहित्यका मूलविधाका सबै विधाहररु समेटिएका कारण चलचित्र साहित्य फरक पनि छ । आफ्नो कथा आफैँ भन्ने एउटा बलियो आधार बनेको छ चलचित्र तर्सथ यसको कथा भन्ने शैली फरक छ ।’

कार्यक्रमा कार्यपत्रमाथि टिप्पणी गर्दै गीतकार तथा संचारकर्मी भुपेन्द्र खड्काले कार्यपत्रले चलचित्रको इतिहास त उजागर गर्यो तर चलचित्र साहित्यको नेपाली सन्दर्भसँगको सम्बन्ध प्रस्ट आउन सकेन । सहित्यका साना साना विधाहरुलाई समेटेर नेपाली चलचित्र अगाडि बढेको देखिन्छ । चलचित्रको व्यबसायिक पाटो एउटा हो तर मौलिक सिनेमा बनाउने कुरा अर्को चुनौति छ नेपाली बजारमा । पछिल्लो समय नेपाली सिनेमा र साहित्यको सम्बन्ध बलियो हुँदै गएको छ ।

कार्यपत्रमाथि टिप्पणी गर्दै सीतादेवी ढुंगानाले भने, ‘कार्यपत्रको विषय एकातिर कार्यपत्र अर्कोतर्फ गयो । चलचित्रको मुल्यांकन प्राविधिक पक्षबाट मात्रै भयो ।’ सैद्धान्तिक पक्षबाट यसको विश्लेषण नभएको बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले चलचित्र साहित्यका क्षेत्रमा काम नै नभएको अवस्थामा प्रज्ञा प्रतिष्ठानले एउटा सहकार्यको थालनी गरेको बताए । उनले भने, ‘चलचित्रसँग भाषा र प्रविधि जोडिएको हुँदा पाठ्य साहित्य भन्दा दृश्य साहित्य अझ प्रभावकरी माध्यम हो भन्ने मलाई लाग्छ ।’

कार्यक्रमकको औचित्यमाथि प्रस्ट पार्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष केपी पाठकले भने। ‘चलचित्र दृश्य साहित्य हो भन्ने कुरा स्थापित गर्न आवश्यक रहेको अवस्थामा हामीले यो किसिमको बहस सुरु गरेका छौँ । चलचित्र पनि साहित्य हो एउटा उपन्यासले भन्न नसकेको कुरा एउटा चलचित्रले भन्न सक्छ वा देखाउन सक्छ । यसको प्रभावकारीता पनि समाज रुपान्तरणमा रहेको छ ।’

कार्यक्रममा कलाकार सुवास गजुरेल, चलचित्र पत्रकार विजयरत्न तुलाधार, नायिका विमला केसीलगायत महानुभावहरुले आफ्नो आफ्नो धारण राखेका थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

निफको उद्घाटनमा ‘शोले’का निर्देशक रेमश सिप्पी आउने

निफको उद्घाटनमा ‘शोले’का निर्देशक रेमश सिप्पी आउने

एनसेल एआईटीएम कार्निभल आयोजना हुदै

एनसेल एआईटीएम कार्निभल आयोजना हुदै

रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

नाट मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा ‘केबिन क्रु’ को अवसर

नाट मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा ‘केबिन क्रु’ को अवसर

बौद्ध परम्पराअनुसार जन्मथलोमा गरियो प्रशान्त तामाङको अन्त्येष्टि

बौद्ध परम्पराअनुसार जन्मथलोमा गरियो प्रशान्त तामाङको अन्त्येष्टि

ताजा समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host