कञ्चनपुर । देशकै लामो झोलुङ्गे पुल चाँदनी दोधारा पुल स्थानीयका लागि आवतजावतका लागि सजिलो माध्यम त बनेको छ नै, अन्यत्रबाट कञ्चनपुर पुग्नेका लागि यो पुल आकर्षण बन्ने गरेको छ।
महाकाली नदि पारीको चाँदनी दोधारालाई सदरमुकाम महेन्द्रनगरसँग जोड्नका लागि बनेको डेढ किलोमिटर लामो पुल आफैं भने विस्तारै जीर्ण बन्दै गएको छ। यसको लम्बाइ १४५२.५ मिटर रहेको छ।













