Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको ७ बुँदे सुझाव

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको ७ बुँदे सुझाव

काठमाडौं । क्यानडाको ओटावास्थित नेपाली राजदूतावासले नेपालबाट अध्ययनका लागि क्यानडा जाने विद्यार्थी र अभिभावकका लागि सात बुँदे जानकारी प्रस्तुत गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडाको नयाँ नीतिनियम तथा त्यहाँ रहँदा नेपाली विद्यार्थीहरूले पालना गर्नुपर्ने विभिन्न नियमहरूबारे पनि जानकारी गराएको हो ।

Subisu

निकट भविष्यमै नयाँ शैक्षिक सत्रको सुरुवात हुन लागेकोले अध्ययनका लागि जान चाहेको कलेज, विश्वविद्यालयहरूको राम्रो अनुसन्धान गरेर मात्रै आवश्यक प्रक्रिया चाल्न आग्रह गरिएको छ ।

यस्तो छ दूतावासको ७ बुँदे सुझाव

१. विद्यार्थीहरूका लागि यस दूतावासबाट यस अघि२०८१ वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययन गरी क्यानडा आउने तयारी गर्न उचित हुन्छ। उक्त सूचना नेपाली राजदूतावासको https://ca.nepalembassy.gov.np , फेसबुक पेज Nepal Embassy, Ottawa, एक्स एकाउन्ट Embassy of Nepal, Canada (@nepal_of) मा हेर्न सकिन्छ।

२. आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदि बारे पर्याप्त खोजी (Research) गरी बुझेर आउँदा यहाँ आइसकेपछि व्यहोर्नु पर्ने समस्या कम गर्न सकिन्छ।अवास्तविक, अपर्याप्त अतिरंजितप्रचार प्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगरी आउँदा विद्यार्थीहरूले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिनुपर्छ।

३. अध्ययनका लागि क्यानडा आउनु पूर्व क्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, सिनियर वा पूर्व विद्यार्थीहरू,विद्यार्थीहरूका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली सङ्घ (NRN) लगायत नेपाली डायस्पोराका सङ्घ(संस्थाहरूसँग समेत आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्त मात्रामा बुझी जानकारी लिएर, तयारीका साथ आउँदा एकै चोटि व्यहोर्नुपर्ने समस्याहरू सामना गर्न सहज हुन्छ।

४. अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्ने खाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउनुपर्दछ। क्यानडा जानासाथ रोजगारी पाइन्छ भन्ने भ्रममा पर्दा धेरै विद्यार्थीहरू विगतमा समस्यामा परेको यथार्थता बुझी क्यानडा आउँदा अध्ययनका लागि कलेज वा विश्वविद्यालयको पढाइ शुल्क, बस्ने र खाने खर्चको आवश्यक प्रबन्ध गरेर मात्र आउनुपर्छ। त्यसो नगर्दा आइसकेपछि कलिला उमेरका विद्यार्थीहरूलाई एकैचोटी पर्न जाने आर्थिक, शैक्षिक, आवास, खाने खर्च र रोजगारी अभावको तनाव र चुनौतीका कारण विद्यार्थीमा पर्न सक्ने तनाव र मनोवैज्ञानिक समस्यातर्फ अभिभावक तथा विद्यार्थी दुवैले सुरुमै सावधानी अपनाउन उचित हुन्छ।

५. विश्वभरीबाटै आउने विद्यार्थीहरूको सङ्ख्या बडेसँगै क्यानडाभरी विद्यार्थी आवास र रोजगारीका अवसरमा तिव्र चाप परेका कारण बस्ने डेरा र रोजगारीको अवसर पाउन कठिन भइरहेको देखिन्छ। यो यथार्थलाई बुझेर अध्ययनका लागि क्यानडा आउनु पूर्व बस्ने ठाउँको यकिन गरेर आउन उचित हुन्छ। सोसियल मिडियामा दिइएका विज्ञापनकै आधारमा आवासका लागि अग्रिम भाडा भुक्तानी गर्दा ठगीमा पर्न सक्ने सम्भावना बारे सचेत रहनुपर्छ।

६. क्यानडाको हावापानी शीत ऋतु (Winter) मा अत्यन्तै चिसो हुने हुँदा सो ठाउँको हावापानी बारे पूर्व जानकारी लिएर तयारी गर्नु उचित हुन्छ।

७. भर्खर उमेरका कलिला युवा विद्यार्थीहरूले एक्कासी क्यानडा पुगेपछि अध्ययनका अतिरिक्त सबै कामहरू आफै गर्नुपर्ने जस्तै पकाउने, सरसफाई, किनमेल, परिवहन, बजार, आवतजावत आदिबारे स्थानीय तौरतरिकाबारे पूर्व जानकारी लिएर आउँदा अचानक आइपर्ने नयाँ परिस्थिति सामना गर्न सहज हुन्छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host