काठमाडौं । मन्त्रिपरिषद् बैठकले अध्यादेशको कार्यसम्पादन नियमावली पारित गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको छ ।
सरकारले अध्यादेश संसद्मा दर्ता गरेपछि कार्यान्वयनका लागि नियमावली बनाएर लागू गर्दैछ ।












