काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार ५ मन्त्रीको नियुक्ति र सपथ गराउने भएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मदन प्रसाद परियार, अनिल सिन्हा, महावीर पुन, संगिता मिश्रा र जगदिश खरेलको नाम सिफारिस गरेकी हुन्।
परियारलाई कृषि मन्त्रालय दिने सिफारिस छ । वैज्ञानिक महावीरलाई शिक्षा तथा पूर्वसचिव संगितालाई स्वास्थ्य मन्त्री बनाउन लागिएको हो । सर्वाेच्चका पूर्वन्यायाधीश सिन्हालाई उद्योग तथा पत्रकार खरेललाई सञ्चारमन्त्री बनाउन सिफारिस गरिएको छ । केही मन्त्रीले दोहोरो मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ ।
यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।












