काठमाडौं । काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको यात्रु बस पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ। ३८ जना यात्रु सवार भे १ ख ४०८५ नम्बरको बस गएराति करिब ११ बजेतिर बाढीले बगाएको हो।
बस बाढीले बगाए पनि त्यसमा सवार सबै (तीनजना शिशुसहित ३८ जना)यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बाढीले बगाएको बस घटनास्थलबाट एक किलोमिटर तल फेला परेको छ।












