Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापनमा बुद्धमाई अस्पतालको चरम लापरबाही

स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापनमा बुद्धमाई अस्पतालको चरम लापरबाही

काठमाडौं । बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापवाही गरेका कारण १ लाख रुपैयाँ जरिवाना गरिएको छ । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराइएको हो ।

२०८० फागुन ११ गते पहिलो पटक अनुगमन भएको थियो । त्यस दिन नर्सिङ् स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षहरुमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ्ग संकेतसहितको बाल्टिनहरु फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । अनुगमनबाट फर्किएपछि हानीकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरियो ।

Subisu

चैत ६ गते महानगरपालिकाले स्वास्थ्यसंस्थाजन्य फोहर व्यवस्थापनमा कमजोरी भएका अस्पतालका कर्मचारीका लागि तालिम कार्यक्रम आयोजना गरेको थियो । तालिममा बुद्धमाईबाट प्रमुख प्रशासकीय अधिकृत राजेश तण्डुकार आफैँ सहभागी भएका थिए ।

तालिम सञ्चालन भएको भोलिपल्ट अनुगमन टोली फेरि अस्पतालमा पुग्यो । अवस्था पहिलेकोभन्दा फरक थिएन । हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा थियो । हानीकारक फोहरका विषयमा गरिएको प्रश्नमा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तण्डुकारले, प्रदर्शनी मार्गको काठमाडौँ मोडेल अस्पतालसँग सम्झौता गरेर व्यवस्थापनका लागि त्यतै पठाउने गरेको बताए।

उनको कुराको तथ्य जाँच गर्न वातावरण निरीक्षक सृष्टि श्रेष्ठले मोडेल अस्पतालका नर्सिङ् प्रमुखलाई फोन सम्पर्क गर्दा सोध्दा यो सूचना गलत भएको प्रमाणित भयो । कुराकानीका क्रममा तण्डुकारले, कार्टुनमा प्याक गरेर निजी गाडीको डिकीमा राखेर हानीकारक फोहोर मोडेल लैजाने गरिएको बताएका  थिए । । अनुगमन टोलीले गलत सूचना प्रवाह नगर्न सचेत गरायो ।

२०८१ बैशाख १७ गते महानगरपालिकाबाट सामान्य फोहर संकलन गर्न गएको सवारी चालकले सामान्य फोहरमा संक्रमित फोहर देखेपछि फोहर संकलन रोकेर १५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

अनुगमनका क्रममा गएको भदौ २२ गते अस्पतालमा तेस्रो पटक अनुगमन भयो । यसबेला भएभरको फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । अटोक्लेभ मेसिन थिएन । फोहर निर्मलीकरण गर्ने र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन । यसो भएपछि अनुगमन टोलीले, हानीकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो ।

तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ, हेर्नका लागि आज टोली फेरि अस्पताल पुग्यो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको अटोक्लेभ राखिएको थियो । अटोक्लेभभित्र निर्मलीकरणका लागि राखिएका बस्तुमा ताजा अवस्था रङ्गमाभन्दा कुनै परिवर्तन थिएन ।

यस अघि थुपारिएको फोहरका खोइ त? प्रश्नको जवाफमा तण्डुकारले अटोक्लेभमा निर्मलीकरण गरेर महानगरपालिकाको गाडीमा पठाएको बताए । अनुगमन टोलीले राम्ररी निर्मलीकरण नभएको फोहर महानगरपालिकाले उठाउन नसक्ने जनाउँदै फोहर संकलन गर्ने सवारी साधनका चालकलाई बोलायो । चालक आएपछि तण्डुकारले बोली फेरे । । यो फोहर त कवाडीले लाने गरेको छ ।

ढाँटेको कुरा लुकाउन तण्डुकारलाई निकै कठिन भयो । टोलीले तण्डुकारलाई काठमाडौँ प्लाजास्थित वातावरण व्यवस्थापन विभागमा बोलाएर अस्पतालजन्य फोहर व्यवस्थापन नगर्दा हुने दण्ड जरिवानाका विषयमा भएको कानुनी व्यवस्था बुझायो । अवस्था सुधार देखिएन जरिवाना तोकिने भयो । अव के गर्नुहुन्छ? जवाफमा तण्डुकारले भने, ‘पहिले १५ हजार तिरेको हो । तोकेपछि तिर्नु पर्ने भो ।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host