Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

लागुऔषध प्रयोगकर्तामा रहेको पश्चताप र लज्जापनको व्यवस्थापन तथा न्यूनीकरण

 विपिन थापा

लागुऔषध प्रयोगकर्तामा रहेको पश्चताप र लज्जापनको व्यवस्थापन तथा न्यूनीकरण

नशामाथि निर्भर व्यक्तिहरुले कुनै न कुनै रुपमा लज्जापन र अपराध बोधलाई आफूभित्र सीमित राखेको हुन्छ । यी दुवै किसिमका अनुभूतिले नकारात्मक बाटो मात्र लिन्छ ।

पश्चतापको अनुभूतिले स्वंयले गलत काम गरेको छ भन्ने महसुस भइरहन्छ भने लज्जापनको अनुभूतिले स्वंयलाई गलत गरेको छु भन्ने महसुस भैरहन्छ । पश्चतापको मामलामा आफूले गरेका कार्यहरुप्रति नकारात्मक सोचाईहरु आइरहन्छ । लज्जाबोधले व्यक्तिलाई मेरो मान सम्मान र इज्जत नै गुम्यो भन्ने अनुभूति भइरहन्छ ।

Subisu

कसैमाथि हिंसा, हातपात, कुटपिट गरियो तथा सामानहरु तोडफोड गरियो । अरुकोविरुद्धमा जाइलाग्ने काम गरियो । त्यस्तै नियम कानुनहरु उल्लंघन गरियो भने पनि पश्चताप भइरहन्छ । नैतिक र कानुनी रुपमा स्वीकार गरिएका सीमा नाघ्नु अर्थात् नैतिक र कानूनी दायरा भन्दा बाहिर जानुले नशामाथि निर्भर व्यक्तिलाई पश्चताप महसुस गराउँदछ । व्यक्तिलाई मैले गरेका गलत क्रियाकलापहरु वाहिर निस्कन थाल्यो भन्ने कुराले लज्जाबोध गराउँदछ ।

असफलताबाट लज्जाबोध हुन थाल्दछ । त्यस्तै निर्धारित मापदण्ड वा लक्ष्यमा पुग्न सकिएन र केही गल्ती भयो भने लज्जाबोध भइरहन्छ । अरुको अगाडि कसरी प्रस्तुत हुने होला भन्ने चिन्ताले सताइरहन्छ ।
पश्चताप र लज्जावोधले व्यक्तिलाई अन्तमा चिन्ताको अवस्थामा पुर्याउँदछ र साथै नशामाथि निर्भर व्यक्तिलाई एउटा अयोग्य र काम नलाग्ने मान्छे हुँ भन्ने भावनाले सताइरहन्छ ।

समाधान भै नसकेका पश्चताप रे लज्जापनले नशा माथि निर्भर व्यक्तिलाई उदासिनता तिर डोर्याउँदै लैजान्छ र उसको आत्म–स्वाभिमान तल गिर्न जान्छ । विगतमा गरेका गलत क्रियाकलापबाट हुने अत्याधिक पछुतोले नशामाथि निर्भर व्यक्तिलाई अपराध बोध महसुस गराउँदछ ।

आफूले आशा गरेका र सोचेका कुराहरु नपुग्दा हुने अनुभव नै लज्जा हो । धेरै जसो नशामाथि निर्भर व्यक्तिहरु आफूलाई व्यक्तिहरु नै लज्जा हो । उनीहरु अयोग्य र एक्लोपन महसुस गरिरहन्छन् । आफूमा अपर्याप्त खड्किरहन्छ । यसो हुनको कारण भनेको उनीहरु आफू नैतिक सिद्धान्त तथा सामाजिक मूल्य र मान्यताको धरातलबाट तल झरेको महसुस भइरहन्छ ।

यस्ता भावनाहरु मनमा आइरहँदा उसमा कस्तो परिवर्तन आउन थाल्दछ भने म त खतम मान्छे हुँ र आफैमा अपर्याप्रताको मसहुस हुन थाल्दछ । उनीहरुले आफ्नो अनुभूतिलाई म आज यसो भएको उनीहरुले कारणले हो भन्ने सोची रहन्छन् । उनीहरु आफू बिग्रनुको कारण अरुलाई ठान्दछन् र त्यस्तै आफ्नो भाग्यलाई दोष दिइरहन्छन् ।

श्यामले सम्भव भएको ठाउँहरुबाट ऋण सापटी लिएको हुन्छ, तर त्यो ऋण कसरी तिर्ने भन्ने कुरो थाहा छैन । उसले त्यो ऋण लाग्नुको कारण दोष श्रीमतीलाई दिन्छ । श्यामकोतर्क यो थियो कि उनको श्रीमतीले छोरा छोरी सरकारी स्कुलमा पढ्दा पढ्दै त्यहाँबाट निकालेर महङ्गो स्कुलमा भर्ना गरी दिइन्, जसले गर्दा मलाई ऋण लाग्यो ।

श्याम बेला–बेलामा रिसाउँदै झर्को फर्को गर्दै भन्न थाल्दछ कि मेरो कठिन अवस्थामा पनि मलाई साथ दिइनन् । श्रीमतीको यस्तै व्यवहार रहिरहेमा र मेरो दुःखमा साथ नदिएमा अरु मसँग कुनै विकल्प नै छैन । रक्सी पिउनु बाहेक भन्ने धम्कीपूर्ण भाषा प्रयोग गरिरहन्छन् ।
धेरै जसो नशा माथि निर्भर व्यक्तिहरु अरुको कारणले आफू पीडित भएको महसुस गरिरहन्छन ।

उनले कहिले बाउ साह्रै कडा मिजासको भएकोले त्यस्तै श्रीमती सधँ किच–किच मात्र गरिरहने, कामको बोझ, बेरोजगारीको पीडा तथा आर्थिक अवस्था कमजोर भएको कारणले म यस्तो बन्न गएको नशामाथि निर्भर व्यक्तिहरु जहिले पनि अरुलाई मात्र दोष दिइरहन्छन् । कसैले उनीहरुलाई जड्याह भनेर दोष लगायो भने उनीहरुलाई रक्सी पिउन निउँ हुन्छ ।

धेरै जसो दुव्र्यसनीहरुको लागि नशाको लत समस्या हुँदैन थियो होला । यदी उनीहरुले पश्चताप महसुस नगर्ने भएको भए किन भने त्यहाँ दिमाखमा द्वन्द्व हुँदैन्थ्यो ।

धेरैजसो नशामाथि निर्भर व्यक्तिहरु नशारहित भएर बसेको अवस्थामा पश्चताप महसुस गरिरहन्छन् । किन भने यो यस्तो समय हो कि उनीहरु अनुभूती गर्छन् । कि नशा सेवन गरेको बेलामा यस्ता घृणित क्रियाकलापहरु गरियो, जुन अहिले सोच्दा स्वीकार्य हुँदैन । जब उनीहरु नशाको प्रभावमा हुन्छन् ।

त्यसबेला उनीहरुले गर्ने कार्य अत्यन्तै घृणित र लज्जाप्रद हुन्छ । मुड परिवर्तन गर्ने लागुऔषधको सेवनले उनीहरुमा भएको लज्जापन र नेभरसेन्सलाई घटाइ दिन्छ जसले गर्दा उक्त व्यक्तिले गर्ने व्यवहार सामान्य समाजले स्वीकार गर्न नसक्ने खालको हुन्छ । उसले आफूले गरेका प्रतिज्ञा बारम्बार तोड्ने, भेटघाट गर्न दिएको समय विर्सने, उसको काममा नियमिता नहुने, बोलिमा कुनै टुंगो नहुने ऊ कसैमाथि निर्भर नहुने ऊ एकदम स्वार्थी हुन्छ र अरु कसैप्रति चासो राख्दैन, गैरजिम्मेवार, खुशामत गर्ने र बेइमानी हुन्छन् ।

वरुण विगत ५ वर्षदेखि अत्याधिक गाँजाको लतमा परेको थियो । ऊ आफ्नी बुढी आमासँग बस्दथ्यो । आमा एक्लैले दुःखसँग घर चाइरहेकी थिइन् । तिनीसँग आँखाको समस्या थियो । आमा छोरा गाउँमा बस्दथे । आर्थिक अवस्था कमजोर भएको कारणले शहरमा गएर आँखाको उपचार गर्ने हैसियत थिएन । एकदिन एक जना छिमेकीले वरुणको आमालाई अबको २ हप्तापछि शहरबाट निःशुल्क आँखा शिविर आउँदै छ भनी जानकारी गरायो ।

यो कुरा वरुणकी आमाले वरुणलाई सुनाइन् र भनिन् मलाई शिविरमा लगेर जचाँइदे । वरुणले हुन्छ भने । आमाले यो कुरा वरुणलाई सँधै सम्झाउने गर्दथिइन् । छोराले पनि हुन्छ आमा म तपाईलाई जँचाउन लैजान्छुभन्थ्यो ।

गाउँमा आँखा शिविर आउनु अघिल्लो दिन आमाले वरुणलाई भोली मलाई जँचाउन लैजा भनेर सम्झाइन् । वरुणले हुन्छ आमा भनेर र सुत्न गयो । भोलीपल्ट घाम नझुल्किँदै वरुण उडेर साथीहरुको गाँजा खाने अखडामा गयो । आमा दिनभरी निराश भएर छोराको आशामा बसिरहिन् । वरुण त्यस दिन एकैचोटी राति मात्रै घर आयो । आमालाई दिएको वचन बिर्सियो । तर उसलाई कुनै किसिमको पश्चताप तथा लज्जा महसुस भएन ।

वरुणको यस प्रकारको गैरजिम्मेवारीपनले आमालाई आँखा जँचाउन एक वर्ष कुर्न पर्यो । जब वरुण नशा रहित भएर बस्यो । त्यति बेला उसलाई विगतमा भए गरेका गैरजिम्मेवारीले सताउन थाल्यो । वरुणले मन मनै आफूलाई धिकार्न थाल्यो । म कस्तो निर्दयी रहेछु अब मैले के गर्ने र यसमा कसरी सुधार ल्याउने । हे भगवान् भनी पुकार गर्न थाल्यो ।

पश्चताप र लज्लापनको भार यति गह्रौ थियो कि उसलाई सहन गर्न अत्यन्तै कठिन भयो । अब उसँग दुईवटा विकल्पहरु छन् । उसले भावनात्मक पीडालाई कम गर्न नशाको सहारा लिने र वास्तविकताको सामना गर्न नसकेर पलायन हुने । अर्को भनेको नशाकै दुनियाँमा फर्कने र अरुलाई झुटो व्यवहार गर्नेम अरुलाई धोका दिने, अरुको चित्त दुखाउने, आफु बिग्रदै गएको बानी व्यवहारलाई ठीक ठाउँमा ल्याउन डराउने र लगातार अपराधबोध महसुस गरी रहे ।

नशामाथि निर्भर व्यक्तिसँग रहेको पश्ताप र लज्जापनलाई हटाउन सहयोग पुर्याउने । लामो समय सम्म नशारहित भएर बस्न सफल हुनको लागि अत्यन्तै महत्वपूर्ण कुरा यो छ कि रिकभेरी लिइ व्यक्तिले आफूभित्र रहेको पश्चताप र लज्लापनलाई हटाउन विभिन्न सुधारहरुका उपायहरु अपनाईनु पर्दछ । आफूमा भावनात्मक परिपक्कता प्राप्त गर्न यी चित्त दुखाइरहेको सामना गर्दै त्यसमा काम गर्नुपर्दछ । आफूभित्र रहेको र लज्जापनलाई आफूभित्रै सिमित राख्ने र त्यसलाई विर्सन कोशिश गर्ने होइन् ।

बरु यसको उपयुक्त समाधान खोज्दै रिकभरीलाई अगाडि बढाउन पर्दछ होइन भने यसले बारम्बार दुःख र पीडा दिइरहन्छ । शुरुबाटै मदिरा र लागुऔषध प्रयोग गरेर जीवनमा आइपरेको वास्तविकताको सामना गर्नुको सट्टा भाग्ने प्रयास गरे जस्ले गर्दा उसको भावनात्मक परिपक्कता ( Emotional growth) को विकाश हुन सकेन ।

अब उसले नशाबाट बाहिर आउन आफूले आफैभित्र खोजी गर्नुपर्दछ र त्यसमा विशेष सावधानीपूर्वक ध्यान दिनुपर्दछ । उसले आफूभित्र रहेको अनुभूति, मानवीय मूल्य र मान्यता तथा राय र अरु प्रतिको दृष्टिकोण आदिको बारेमा आफैँ गहिरेर पत्ता लगाउनुपर्दछ ।
नशामाथि निर्भर व्यक्तिले आफ्नु अनुभूति, मूल्य र मान्यता तथा अरु प्रति हेर्ने दृष्टिकोणको बारेमा पत्ता लगाउने प्रक्रियाको शुरुवात गर्नुपर्दछ । यी सबै प्रक्रियाबाट अगाडि बढ्दै जानु भो भने उसले यो कुरा बुझ्न र स्वीकार्न थाल्दछ कि यी सबै नचाहिँदा क्रियाकलापहरु जत्ति पनि गरियो नशाको प्रभावमा परेर गरिएको रहेछ ।

अब म उसलाई एउटा सहयोगीको नाताले के कुरा भन्न चाहन्छु भने विगतलाई कूनै पनि हालतमा परिवर्तन गर्न सकिँदैन । अब विगतलाई सम्झेर धेरै चिजहरुको बारेमा नियन्त्रण गर्न सकिँदैन । अब यदी मैले यस्तो नसोचेको भए, यदी नगरेको भए अथवा यदी मैले यत्ति धेरै सेवन नगरेको भए आदि जस्ता सोचाईंहरु अनुत्पादक हुन्छ ।

लज्जावोध हुने अनुभूतिलाई ठिक पार्ने पहिलो पाइला भनेको तपाईले लागुऔषध तथा अगाडि आफूलाई पूर्ण रुपमा शक्तिहीन भएको कुरालाई बुझ्ने र त्यसलाई स्वीकार्ने । आफूले सेवन गर्दै जाँदा त्यसले पार गरेको सीमालाई राम्रोसँग बुझ्ने । नशाको प्रयोग गर्दै जाँदा कुन हदसम्म त्यसले सीमा पार गर्यो । उसले शुरुदेखि नै जीवनमा आइपरेका वास्तविकताको सामना गर्नुको सट्टा लागुऔषध तथा मद्यपान सेवन गरेर भाग्ने प्रयास गरियो ।

दिमाखमा तनाव आयो त्यसलाई उचित ढंगबाट समाधान गर्नुको सट्टा सेवन गरेपछि तनाव हट्छ र रमाइलो हुन्छ भन्ने भ्रममा पर्दै गयो । आफूलाई सक्षम सम्झन बढी आनन्दित हुन यस्तै यस्तै सोचेर सेवन गरेको थियो अहिले त्यसको ठीक उल्टो भयो बिरामी भइयो चेतना हरायो र आफूले आफैलाई मूर्ख बनाउने काम गरियो ।

मैले किन यस्तो लाजमर्दो व्यवहार गरे ?

यसको सरल उत्तर हो

तपाई यस्तो गर्न चाहनु हुन्न थियो

तर पनि तपाईले गर्नुभो ।

तपाईले नचाँदा नचाहँदै पनि दुर्व्यहार गर्नुभो । तपाईको ईच्छा शक्ति नभएर होईन कमजोर भएर पनि होईन वास्तवमा लागुऔषध तथा मद्यपानको अगाडि शक्तिहीन भएर हो ।

लागुऔषधको अगाडि आफू शक्तिहीन भएको वास्तविकतालाई स्वीकार्दै अगाडि बढ्नुभो भने नशा सेवन गरेको बेला गरेका लल्जाजनक कार्यहरुप्रति आफूले आफ्नैलाई क्षमा गर्न सकिन्छ । यसको साथै व्यक्तिको गहिराइ सम्झेर पुगेर त्यसमा आवश्यक सुधार गर्न सकिन्छ । आफैले गरेका यी नचाहिँदा क्रियाकलापहरु तथा व्यवहारहरुको जिम्मा आफले लिनुपर्दछ र त्यस विषयमा कुरा गर्नुपर्दछ । यसरी गर्दै जाने हो भने अरुले पनि मैले जस्तै कार्यहरु गरेको रहेछ भन्ने ज्ञान हुँदै जान्छ ।

विगतमा नशा सेवन गरेर आफुले गरेका गल्तिहरुलाई स्वीकार्ने आफुले आफूलाई क्षमा गर्ने र यस्ता घृणित कार्यहरु नदोहो¥याउने प्रण गर्दै गएमा आफुमा आरामदायी महसुस हुँदै जान्छ । भित्री शक्ती प्राप्त हुन थाल्दछ र अरुबाट पनि क्षमा पाउने हुन्छ । यद्यपी ऊभित्र रहेको डर र घमण्डले गर्दा उसले हतोत्साही बनाउँदछ । उसले एउटा कुरा याद राख्नुपर्दछ कि जत्ति बेला गलत कार्य गरेका थिए । त्यसलाई लुकाएर राख्ने आदतले अरुहरुबाट एक्लो र दुःखी भैरहन्छ ।

रिकोभरी लिइरहेको समयमा पनि विगतमा आफुले गरेका गल्तीहरुको जिम्मा आफँैले लिएर त्यसलाई सच्चाउँदै जानुपर्दछ । उसले आफूभित्र पालेर राखेको पश्चतापलाई निश्चय नै हटाउन सक्दछ । यदी उसले ती व्यक्तिहरुको सूची तयार पार्दै जस जसलाई उसले विगतमा चित्त दुखाउने काम गरेका थिए ।

विगतमा नशा सेवन गरेर जस जसलाई चित्त दुखाएका थिए । उनीहरुको सूची तैयार पार्ने र उसमा इमान्दारिता र पक्का इरादा हुनु पर्दछ । उनीहरु कहि गएर माफी माग्ने काम हृदयदेखि नै आउनुपर्दछ । यसको लागि नशामाथि निर्भर व्यक्तिको सोच्ने तरिका र बानी व्यवहारमा पूर्ण रुपमा परिवर्तन आउनुपर्दछ । यस पछि रिकोभरिङ्ग व्यक्तिले उनीहरु प्रति गर्ने व्यवहार सधैँ एकनासको हुनुपर्दछ । उनीहरुलाई हेरविचार गर्ने, उनीहरुको भावनालाई बुझ्ने र सोही अनुसार भावनाको कदर गर्ने यस्तो बततष्तगमभ बनाउनुपर्दछ । यो लगातार रुपमा चलि रहने प्रक्रिया हो यस्ले उसको पश्चताप र लज्जापनलाई बाहिर निकाल्दै लैजान्छ र ऊ व्यक्ति आफू राम्रो र योग्य भएको महसुस गर्न थाल्दछ ।

आफूभित्रको पश्चताप र लज्जालाई समाधान गर्ने अचुक औषधी भनेको क्षमा हो । क्षमा दिन र लिन दुबै जान्नुपर्दछ । पिलो (घाउ) निक पार्न खिल निकाल्नुपर्छ । जुन साह्रै पीडादायक हुन्छ त्यसपछि मिल्ने आनन्द चाही गजवको हुन्छ । कसैलाई क्षमा दिने काम पनि त्यस्तै हो । त्यसपछि मिल्ने आनन्द साह्रै मजाको हुन्छ । त्यसैले आफ्नो हानी हुँदा पनि अरुलाई क्षमा दिने र आफूबाट कुनै भुल भएमा क्षमा माग्ने काम रिकोभरी प्रक्रियाको लागि अतिआवश्यक तत्व हो ।

लेखक थापा साईकोथेरापिस्ट हुनुहुन्छ । स्रोत : T T Ranganathan Clinical Research Foundation Indiranagr Mdaras  र लेखको आफ्नो अनुभव

 

 

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host