काठमाडौं । आपराधिक लाभको मुद्दामा मुछिएकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही अदालतमा उपस्थित भएकी छन् । प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा आफैं उपस्थित भएकी हुन् ।
शाहीलाई पक्राउ गर्न प्रहरीले सर्वाधिक खोजतलास गर्दै आएको भएपनि हालसम्म फेला पार्न सकेको थिएन । उनी प्रहरीलाई चक्मा दिँदै सुटुक्क अदालत पुगेकी हुन्।












