काठमाडौं । झापाको चन्द्रगढी विमानस्थलमा बुध्द एयरको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट गएको जहाज चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज ल्यान्ड गर्ने क्रममा चिप्लिएको हो । उनका अनुसार विमानमा सवार सबै यात्रु सकुसल छन् ।












