काठमाडौं । पूर्वी तथा मध्य नेपालका क्षेत्रमा विद्युत् प्रसारण अवरुद्धपछि नेपाल विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्यूचाटारको निरीक्षण गरेका छन् । बिहीबार साँझ पटकपटक विद्युत् अवरुद्ध भएपछि निर्देशक शाक्यले निरीक्षण गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट विद्युत् आयात गर्ने ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमा समस्या आउँदा पूर्वी तथा मध्य क्षेत्रको विद्युत् प्रणाली अवरुद्ध भएको हो ।
विभागका ढल्केबर ग्रिड महाशाखाका प्रमुख बिनोद लोहनीलाई निर्देशन दिँदै निर्देशक शाक्यले समस्या समाधानका लागि अग्रसरता लिएका छन् । प्राविधिक समस्याका विद्युत् अवरुद्ध भएपनि यसलाइ लोडसेडिङसँग जोड्ने कुरा गलत भएको प्राधिकरणले जनाएको छ ।