काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुत्र प्रतीक थापालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
थापाविरुद्ध दायर भएको रिटमा मंगलबार काठमाण्डु जिल्ला अदालतमा थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको छ ।
उनलाई थुनामा राख्न सुन्धारा कारागार लगिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासमा सुनुवाइ भएपछि पुर्पक्षका लागि थुनामा पठाइएको छ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीमाथि आरोप लागेको छ ।
ठगी, संगठित अपराध, सरकारी लिखत कीर्ते, राज्य विरुद्धको कसूर र एकीकृत कसूरमा उनलाई २४ वर्ष कैदमा राख्न मागदाबी गरिएको छ ।