Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरणः आजदेखि अन्तिम सुनुवाइ

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा संलग्न ३१ जनाविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ आज (बुधबार)देखि सुरु हुँदैछ। जिल्ला अदालत काठमाडौंमा दुई वर्षदेखि विचाराधीन यो मुद्दा अब अन्तिम टुंगोमा पुग्न लागेको छ।

साक्षी बयान र बकपत्रसम्बन्धी प्रक्रिया सकिएपछि अदालतले आजदेखि साप्ताहिक पेशी सूचीमा राख्दै अन्तिम बहस सुरु गर्ने तयारी गरेको छ। यो मुद्दामा एमाले नेता एवं प्रतिनिधिसभाका निलम्बित सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतका उच्चस्तरीय राजनीतिक र सरकारी व्यक्तिहरू संलग्न छन्। रायमाझी दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् भने खाँण धरौटीमा छुटेका छन्।

Subisu

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० साल जेठ १० गते ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधको अभियोगसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। त्यसयता पूरक मुद्दासहित कुल ३१ जनालाई प्रतिवादी बनाइएको छ।

जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई प्रमाणका आधारमा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिइसकेको छ। केही अभियुक्त उच्च अदालतबाट धरौटीमा छुटेका थिए भने पूर्वमन्त्री रायमाझीसहित केही अझै थुनामै छन्।

यस प्रकरणमा २०८२ साल वैशाखयता मात्रै १० पटक साप्ताहिक र १६ पटक पूरक पेशी भइसकेको छ। त्यसैगरी, प्रतिवादी सूचीमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतका उच्च अधिकारीहरू रहेका छन्।

शरणार्थी प्रकरणका बिचौलियाहरूमा केशव दुलाल, दीपा हुमागाईं, हरिभक्त महर्जन र उनकी पत्नी लक्ष्मी महर्जन, सानु भण्डारी, सागर राई, आशिष र सुनिल बुढाथोकी, रामशरण केसी, सन्देश शर्मा, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, राजेश अर्याल, विनीता सावदेन लिम्बु, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल समेत रहेका छन्।

अदालतले आजदेखि सुरु हुने अन्तिम बहसपछि लामो समयदेखि चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host