काठमाडौं । सिन्धुपाल्चोक भैरवकुण्ड केन्द्रविन्दु भएर मध्यरातमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान पौने ६ बजेसम्म प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।
यस्तै भूकम्पले भूकम्पको महसुस सिन्धुपाल्चोक आसपासका पूर्वी क्षेत्रसहित दाङलगायत पश्चिमी क्षेत्र र काठमाडौंमा समेत भएको थियो ।
थप विवरण आउन बाँकी छ ।












