काठमाडौं । बैतडीमा १२ मिनेट फरकमा दुईपटक भूकम्प गएका छन्। सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १:४८ बजे ५.१ र फेरि बिहान २ बजे ३.७ रेक्टर स्केलका भूकम्प भएका हुन्।
लगातार दुईपटक भूकम्प गएपछि स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको छ।












