Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

पुस्तक ‘भुइँमान्छे’माथि चर्चा

पुस्तक ‘भुइँमान्छे’माथि चर्चा

काठमाडौं । डा.विन्दा पाण्डेको पुस्तक ‘भुइँमान्छे’माथि चर्चा गरिएको छ । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित विशेष कार्यक्रमकाबीच पुस्तकमाथि परिचर्चा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका सल्लाहकार परिषद्का अध्यक्ष अमृत कुमार बोहराले यो पुस्तकलाई जनस्तरमा पुर्‍याउन सके सार्थक हुने बताए ।

Subisu

हिजो निरंकुश कालमा शासकहरुका गुनगान गाइएका किताब, इतिहासहरु लेखिने भएपनि बहुदलीय प्रजातन्त्र र लोकतन्त्रपछि भने जनता, सच्चा नेताहरुका भुँइमा, जगमा बसेर राजनीतिक परिवर्तन, राजनीति अधिकारका निम्ती संघर्ष गर्ने पात्रहरुको पनि खोजी गरेर इतिहास लेखिन थालेको बोहराले बताए । यो प्रयाप्त नभएको र यसलाई व्यापक बनाउन पनि उनले आग्रह गरे । अन्य किताबहरु लेखिएपनि एउटै पुस्तक ‘भुइँमान्छे’मा यति धेरै तथ्यहरु लेखिएको उनको भनाइ छ ।

पुस्तक धेरै प्रेरणादायी, उपयोगी, पढनीय रहेको भन्दै इतिहासका सुक्ष्म पाटाहरुलाई हाम्रा अगाडि पस्किने कोसिस गरिएको भन्दै डा.पाण्डेप्रति धन्यवाद व्यक्त गरे । पछिल्लो समय पुस्तक पढ्ने संस्कृति हराएको भन्दै बोहोराले पुस्तक, सिद्धान्त, विचार नपढी क्रान्तिकारी आन्दोलन लाग्न र समाजलाई प्रेरणा दिन नसक्ने उनको भनाइ छ ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा एमाले नेतृ शान्ता मानवीले पुस्तक‘भुइँमान्छे’ले वैचारिक खुराक दिन सफल भएको बताइन् । उनले यस्ता पुस्तकहरु अरु पनि बजारमा आउन आवश्यक रहेकोमा जोड दिइन् ।

पुस्तकमा कतिपय कुराहरु थप्न पनि उनले सुझाव दिइन् । विस्मृतिमा गएका कतिपय विषयहरु पुस्तक ‘भुइँमान्छे’ मा पढ्दा आएको उनले बताइन् ।

कार्यक्रममा नेकपा एमालेका नेता एवं पुस्तकका एक पात्र समेत रहेका उद्धव केसीले सन्ततीहरुलाई आफू मरेपनि नबिर्सी यो पुस्तक ‘भुइँमान्छे’ पढ्नु है भन्नुपर्ने अवस्था रहेको बताए । भुँइमान्छेलाई पढ्न सक्ने गरी मूल्य समायोजन गर्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा प्राध्यापक कुमारी लामाले भुँइमान्छेको शक्ति अथाह रहेको बताइन् । जसलाई हामी अन्देखा गरिरहेका छौं, त्यस्ता पक्षहरुलाई पुस्तकले समेटेको भन्दै लामाले ‘भुइँमान्छे’ले मुल धारको इतिहास लेखनका पात्रहरु समेटिएको बताइन् । दशौं वर्षदेखि खोज गरेर ल्याइएको पुस्तकको महत्व पाएको उनको भनाइ छ । सुखानी हत्याकाण्डलाई हरेक वर्ष कम्युनिष्टहरूले कम्युनिष्ट आन्दोलनको इतिहासका रूपमा सम्झने गरेका छन् । ४७ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले देशभर परिचित छ ।

पुस्तककी लेखिका डा.पाण्डेले कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउने झापा विद्रोह लगायत मुलुकका विभिन्न स्थानमा भएका तत्कालिन घटनामा आम कार्यकर्ताको भूमिका समेटिएको पुस्तक भुँइमान्छे रहेको बताइन् ।

पुस्तका नेकपा माले हुँदै आजको एमाले र आजको एकीकृत समाजवादीको पनि इतिहास भएको उनको भनाइ छ । पुस्तकालाई इ–बुक,अडियो पनि बनाउने योजनामा रहेको उनले बताइन् ।

उक्त पुस्तकको गत फागुन २२ गते कोअर्डिनेसन केन्द्र स्थापनाका आश्रयदाता भक्तबहादुर आले (मनोहर) र माले निर्माणमा आश्रय दिने इटहरा मोरङका टेकबहादुर राईले सुखानीमा संयुक्त विमोचन गरेका थिए ।

पुस्तक ०२८ को झापा विद्रोहदेखि ०४६ सालसम्म किसान, मजदुरहरूदेखि सर्वहारा वर्गले आन्दोलन सफल पार्न गरेको सहयोगमा आधारित रहेको छ । यस्तै पञ्चायतको अन्त्य र बहुदलीय व्यवस्था थापनार्थ भूमिगत नेता– कार्यकतालाई आश्रय र सुरक्षाको व्यवस्था गर्दै आम मानिससँग पार्टी सम्पर्कको सेतु भइ अतुलनीय योगदान पुर्याउने तीनै निर्भीक मान्छेको बारेमा लेखिएको पुस्तक हो भुइँमान्छे ।

यसअघि डा.पाण्डेका समानता पाइलाहरु, ओमेन इन नेपाल पोल्टिक्स, धर्तीमाथिको दाबी र संसदीय राजनीतिमा लैंगिक सहभागिता पुस्तक प्रकाशित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host