काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उनलाई मन्त्री नियुक्त गरेका हुन्। यसअघिका मन्त्री राजकुमार गुप्ता घुस अडियो प्रकरणमा मुछिएर मंगलबार मात्रै राजीनामा दिएका थिए ।
बालुवाटार स्रोतका अनुसार न्यौपानेको पद तथा गोपनीयताको शपथ बुधबार हुनेछ । तनहुँबाट प्रतिनिधित्व गर्ने न्यौपाने हाल नेकपा एमाले संसदीय दलको राष्ट्रिय सभा प्रमुख सचेतकको जिम्मेवारीमा रहेकी छन्।












