काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई बुझाएको प्रतिवेदनमा ओझाको योग्यता अपर्याप्त रहेको उल्लेख गरिएको थियो। समितिले प्राधिकरणको अध्यक्ष हुन कानुनअनुसार आवश्यक योग्यता तथा सम्बन्धित क्षेत्रमा अनुभव अपुग भएको र कार्यक्षमतामा पनि प्रश्न उठेको निष्कर्ष निकालेको थियो।
ओझालाई गत १२ फागुनमा सरकारले बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।












