Outline Khabar
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, बैशाख १, २०८३
Tuesday, April 14, 2026
                                                       
No Result
View All Result

बटौली क्षेत्रलाई पुनःस्थापित गर्ने बुटवल उपमहानगरको योजना

बटौली क्षेत्रलाई पुनःस्थापित गर्ने बुटवल उपमहानगरको योजना

चन्द्रकान्त खनाल

रुपन्देही । बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ ।
बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पूरानै अवस्था झल्काउने गरी पुनः निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो।

Subisu

सोहीअनुसार शुरुमा वडा नम्बर १ का केही घरहरुको पुनः निर्माण गर्ने, मर्मत गर्ने र पहिले जसरी व्यापार व्यवसाय सञ्चालन गर्ने अवस्थामा पुर्‍याउनका लागि अध्ययन गरेर बाँकी काम अगाडि बढाएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
उनका अनुसार अहिले माथिल्लो पुलको गणेशथान मन्दिरदेखि सिद्रा बजार र लायन्स गेटसम्मको क्षेत्रका ४२ घरलाई पुनःस्थापित गर्ने गरी योजना बनाइँदैछ ।

जसका लागि स्थानीयसँग छलफल गर्ने, इच्छुक लाई कार्यक्रममा सहभागी हुन आह्वान गर्ने र नगरले आर्थिक रुपमा सहयोग गर्ने गरी प्रारम्भिक योजना बनेको प्रमुख पाण्डेयले बताए ।

‘बटौली बजारलाई कसरी गुल्जार बनाउन सकिन्छ भन्ने विषयमा हामीले धेरै अघिदेखि छलफल चलाउँदै आएका छौं,’ उनले भने, ‘बटौली बजारलाई सांस्कृतिक र पर्यटकीय रुपमा स्थापित गर्न सकिन्छ ।’

पुरानो बुटवलका नामले परिचित बटौलीमा थुप्रै पुराना र ऐतिहासिक घरहरु छन् । ती घरहरूमध्ये जीर्ण भएका र पुननिर्माण गर्न सम्भव हुने घरहरुलाई नयाँ स्वरुप दिएर पूरानो बुटवलको मौलिकतामा लैजाने गरी शहरी विकास मन्त्रालयसँग छलफल भइरहेको प्रमुख पाण्डेयले बताए ।
उनका अनुसार बटौलीलाई मौलिक शैलीमा जोगाएर यहाँको पहिचानलाई उजागर गर्ने र बटौलीमा परम्परागत शैलीको व्यापारलाई पुनःस्थापित गर्ने योजनामाथि छलफल भइरहेको छ।

चालु आर्थिक वर्षमा पूरानो बुटवल क्षेत्रमा हाइमास्ट लाइट र परम्परागत फल्चा निर्माणका लागि बजेट छुट्याइएको र अरु क्षेत्रगत विकासका लागि समेत बजेट विनियोजन गरेको प्रमुख पाण्डेयले बताए ।

जसअनुसार शुरुमा ४२ वटा घरहरुलाई नमूनाका रुपमा काम अगाडि बढाउने र त्यसपछि बाँकी घरहरुलाई पुरानै शैलीमा रुपान्तरण गर्ने गरी नगर विकास कोष, बुटवल उपमहानगरपालिका र स्थानीय बासिन्दाबीच सहमति गरेर काम अगाडि बढाउने गरी योजना तयार भएको बुटवल उपमहानगरपालिकाका शहरी विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए ।

तीन पक्षबीच सहमति भइ काम शुरु भएमा २ वर्षमा सबै काम सकेर स्थानीयले बजार सञ्चालन गर्नसक्ने गरी नगर विकास कोषले गरेको अध्ययन रिपोर्टमाथि परामर्शदाता टोली र बुटवल उप महानगरपालिकाबीच छलफल भएको श्रेष्ठले बताए ।

बजार धेरै पुरानो भएपनि ६२ वर्षअघि मात्र बुटवलले नगरको मान्यता पाएको हो। बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखियो। पञ्चायती व्यवस्था सुरु भएपछि भने यसलाई बुटवल–खस्यौली नगर पञ्चायत भन्न थालियो।

२०४६ सालपछि बुटवल नगरपालिका उल्लेख भयो। २०७१ साल मंसिरमा साविक सेमलार र मोतीपुर गाविसलाई समेटेर उपमहानगरपालिकामा स्तरोन्नति भएको हो।

बटौली बजार कुनै समय अहिलेको मुख्य बजार भन्दा तिनाउ पारि मात्र सीमित थियो । २०२० को दशकतिर तिनाउ वारि खस्यौलीमा पनि बस्ती र बजार विस्तार हुँदै गए। २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलेको कार्यालय भएको ठाउँ हाटबजार लाइनमा सरेको थियो।

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

ताजा समाचार

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

नारायणगढ-बुटवल सडक निर्माण चाँडो सक्न गृहमन्त्रीको निर्देशन

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

इरानले यी देशसँग माग्यो युद्धमा भएको क्षतिको क्षतिपूर्ति

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

०८३ को पहिलो दिन कस्तो छ मौसम ?

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host