एजेन्सी । इरान र इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना मंगलबार स्वीकार गरेका छन्। इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा बदलामूलक मिसाइल आक्रमण गरेपछि युद्धविराम लागू भएको हो। अन्तिम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको थियो।
इजरायलले १२ दिने अपरेसनमा सबै युद्ध लक्ष्य हासिल भएको भन्दै युद्धविराममा सहमति जनाएको हो। ट्रम्पले युद्धविराम उल्लङ्घन नगर्न आग्रह गरेका छन्।
युद्धविराम स्थानीय समय अनुसार बिहान ७:३० बजे लागू भएको जनाइएको छ। इरानले भने अन्तिम निर्णय अझै बाँकी रहेको बताएको छ।












